टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अमेरिकाको टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गएराती सेन्ट्रल टेक्सासको आफ्नै अपार्टमेन्टमा पारस खड्का मृत भेटिएका हुन् ।

रुकुमका खड्का झण्डै ४ बर्ष अगाडि डिभी लोटरी परेर अमेरिका आएका थिए । सेन्ट्रल टेक्सासमा बस्दै आएका उनी अविवाहित रहेको जनाइएको छ ।

कोरोनाको महामारीपछि घरमा नै बस्दै आएका खड्काले पछिल्लो समयमा काम समेत खोजिरहेको जनाइएको छ । उनले केही दिन अगाडि एउटा काम सुरु गरेर पुन छाडेका समेत थिए ।

उनी नेपाली जनसम्पर्क समिति अमेरिकाले हालै थपेका नयाँ च्याप्टरहरुमध्ये सेन्ट्रल टेक्सासका संयोजक समेत रहेका थिए । खेल र गीत संगीतमा रुची भएका उनी साथीहरुमाझ घुलमिल हुने स्वभावका समेत थिए ।

यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले खड्काको निधनप्रति दुख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । उहाँले यो घटनाबाट नेपाली जनसम्पर्क समिति अमेरिका परिवार मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

(If You or Someone You Know Is in Crisis and Needs Immediate Help, Call your doctor’s office. Call 911 for emergency services. Go to the nearest hospital emergency room. Call the toll-free, 24-hour hotline of the National Suicide Prevention Lifeline at 1-800-273-TALK (1-800-273-8255) to be connected to a trained counselor at a suicide crisis center nearest you. Call the toll-free, 24-hour local hotline Jackson County 541-772-8401 or the Oregon Suicide & Crisis Hotline 1-800-SUICIDE . Ask a family member or friend to help you make these calls or take you to the hospital.)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com