प्रमुख पाँच दलको छलफल


प्रकाशित मिति : बैशाख ६, २०७४ बुधबार

आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँच दलको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेतासहितको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा शान्तिपूर्ण एवम् निष्पक्षरुपमा निर्वाचन सफल बनाउने र निर्वाचनप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । करिब २० वर्षपछि मुलुकमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हँुदैछ ।

निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्कोतिर मुलुकभर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नपाउने भएपछि व्यवस्थापिका–संसद्बाहिरका साना दलले अनशन सुरु गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मोर्चा निर्वाचनमा सहभागी हुने गरी सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आजको बैठकमा यिनै विषयमा गम्भीररुपमा छलफल हुुने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com