न्युयोर्कमा बेरोजगारी विमा ५९ हप्ता र महामारी बेरोजगारी सहायता ४६ हप्ता लिन पाइने


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

न्युयोर्कमा बेरोजगारी विमा ५९ हप्ता र महामारी बेरोजगारी सहायता पीयुए ४६ हप्ता लिन पाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यसअगाडि बेरोजगारी विमा २६ हप्ता र महामारी बेरोजगारी सहायता पीयुए ३९ हप्तामात्र लिन पाइने प्रावधान रहेको थियो ।

महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति र थपिएको सुविधा कार्यक्रम अन्तरगत यो अवधि बढाइएको हो । अहिलेसम्म बेरोजगारी विमा लिइरहेकाहरुले कुनै कदम चाल्नु नपर्ने जनाइएको छ भने बेरोजगारी विमा लिने बार्षिक अवधि पहिले नै समाप्त भइसकेकाहरुले भने नयाँ आवेदन दिनुपर्ने जनाइएको छ ।

त्यस्तै महामारी बेरोजगारी सहायता पीयुए लिइरहेकाहरुले पनि साप्ताहिक रुपमा प्रमाणिकरणबाहेक थपिएको अवधिको सुविधा लिन कुनै कदम चाल्नु नपर्ने जनाइएको छ । खासगरी मार्चपछि बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पीयुए लिइरहेकाहरुले कुनै कदम चाल्न आवश्यक छैन ।

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पीयुए लिइरहेकाहरुले संघीय सरकारबाट पाउदै आएको साप्ताहिक ६ सय डलरभने जुलाईको अन्तिमदेखि समाप्त हुनेछ । न्युयोर्कको सन्दर्भमा उक्त ६ सय डलर बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पीयुए लिइरहेकाहरुले अझै दुईसाता प्राप्त गर्नसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com