टेक्सासमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको डूबेर मृत्यु


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको छ । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डूबेका थिए ।

दुईजनाको मृत्यु भएकोमा खत्रीको शव शनिबार राती ९ बजे र गौतमको शव आइतबार बेलुका साढे ६ बजे फेला परेको थियो । फोर्ट वर्थ निवासी उनीहरु बिहिबार राती नदिमा बेपत्ता भएका थिए ।

हिकारु गौतम फोर्टवर्थ निवासी सरिता चौलागाईका छोरा र पूर्वमन्त्री कम चौलागाईका नाती हुन् । उनी गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए ।

सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी समेत रहेको डलास गोर्खाजले जनाएको छ । मेडिकल डाक्टर हुने सपना बोकेका उनको मृत्युले नेपाली समुदाय स्तब्ध भएको छ ।

खत्रीको सम्झना र अन्तिम विदाईका लागि डलास गोर्खाजले गोफण्डमीमा फण्डरेज गरिरहेको छ । उनको दाहसंस्कारका लागि परिवारलाई सहयोग गर्नका लागि फण्डरेज गरिएको डलास गोर्खाजले जनाएको छ ।

यदि तपाई पनि गोफण्डमीमार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com