जसलाई दागबत्ति दिने पनि बचेनन् !


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

परिवारको आफन्तहरुलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरुमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा गएको पहिरोमा पर्ने वीरबहादुर नेपालीको परिवारका छ जनालाई दागबत्ती दिने घरका कोही पनि बचेनन् । एक जना गम्भीर घाइते भएर बाच्नुभयो भने दुई भाईका परिवारको छ जना सबैको मृत्यु भयो ।
बिहीबार रातिदेखि अविरल वर्षा भैरहेको थियो । चारैतिर अध्याँरो पूर्णिमा पछिको रात ।

आकाशबाट पानी भाँडो बाटै घोप्टाए जसरी परेको थियो । बिजुली चम्कदो रात त्यही माथि वादलको गड्याङगुडुङ् । मस्त निद्रामा रहेका नागरिकहरु विहान ३ बजे पछि जब भिर पाखा पहराहरु भत्कीएर गाउँ तर्फ बगे अनि बगायो बिम तथा मराङका मानवबस्ती अनि सँगै त्यही बस्तीमा मस्त निद्रामा रहेका ३१ जनालाई पनि बगायो उनीहरुकै जिन्दगी सँगै । अहिले सम्म २७ जनाको सब भेटियो बिम र मराङमा भने अझैँ पनि ४ जना बेपत्ता छन् ।

मालिका गाउँपालिका–७, बिमका गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, बिरबहादुरका ३ महिनाका छोरा, बिष्णु नेपाली र सन्दीप नेपालीले संसार छाडे पहिरोमा पुरिएर भने एक जना गम्भिर घाइते भएर पूर्णबहादुर नेपाली । पोखरामा उपचाररत रहनु हुन्छ पूर्ण अहिले । गम्भीर घाइते भएर उपचारका लागि पोखरा अस्पतालमा पूर्णबहादुर छट्पटाइ रहनुभएको छ । आफ्नो र भाई बिरबहादुरको सबै परिवारको मृत्यु भयो । उहाँले परिवारलाई जोगाउन खोज्दै गर्दा आफै गम्भीर घाइते हुनुभयो ।

२६ गते बिहान ३ बजे गम्भीर घाइते हुनुभएका उहाँ २७ गते शनिबार दिउँसो सम्म छट्पटाएरै भग्नावशेषमा रहनुभयो उनलाई बेनीका नारायण जिसीको पहलमा प्रभु एयरको हेलिकोप्टरले उद्धार गरी पोखरा पु¥यायो । आफू घाइत अवस्थाको पिडाले छट्पटी रहेका पूर्णले आफ्नो परिवारका ६ जनाको लास हेर्न र दागबत्ती सम्म पनि दिन नपाएको पिडाले अहिले निकै सताइ रहेको छ । उहाँको परिवारको सबलाई दागबत्ती नाताले काका पर्ने एक जनाले दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिमकै ४० वर्षिया विष्णु र ४ वर्षिय बहिनी इच्छा गुमाएका १० वर्षिय बालक आफ्नो ठुलोबुबाको घरमा किरिया बसेका छन् । मालिका गाउँपालिका–७ बिमबाट १५ किलोमिटर टाढा मंगला गाउँपालिका–२ तराखेतमा किरिया बसेका छन् । बहिनी र आमा गुमाएका बालकका बाबा सोमनाथ र उनी भने बिहान अलिक छिटो उठेर बारि निस्केकोले जोगिएका थिए । आफूहरु उठेर बाहिर निस्केको पानी परेको छ भन्दै बहिनी र आमा सुत्नुभयो अनि उहाँहरुलाई हामीले गुमायौं बालक भन्छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटि गएको प्रहरी टोलील घटना सर्जिमिन मुचुल्का बनाएर परिवारलाई हस्तान्तरण गरेका हौं–जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरले भन्नुभयो ।धौलागिरी गाउँपालिका–६ मराङको राम्चेमा मृत्यु भएका एकाघरका ९ जनाको एकै स्थानमा लहरै राखेर दाहसंस्कार गरिएको थियो । त्यस्तै मराङको बेँसीमा ७ जनालाई एकै ठाउँमा लहरै र अर्का २ जनालाई अर्को ठाउँमा सँगै राखेर दाहसंस्कार गरिएको थियो । अर्को दिन भेटिएका एक जनालाई भने छुट्टै सदगद गरिएको थियो ।

बिमकी एलिसा केसी, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको डिएसपी कुँबरले बताउनुभयो ।धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्दार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो ।
पहिरोमा परेर ज्यान गुमाएकाहरूको हृदयविदारक तस्विरले यतिबेला मराङ तथा बिमसहित सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ । सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका परिवार परिवारको एउटै चिहानमा अन्त्येष्टी गरिएको थियो । मराङको रिखा, कुम्री र कल्लनीमा मृतकका शवको अन्त्येष्टी गरिएको थियो ।गोरखापत्रबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com