स्थानीय तह निर्वाचनबारे भारतको गम्भीर चासो


प्रकाशित मिति : बैशाख ५, २०७४ मंगलबार

भारत सरकारले नेपालमा आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचनबारे गम्भीर चासो राखेको छ । संविधान जारी गर्दा र भएपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले निर्वाचन आउन २६ दिनमात्र बाँकी रहेको समय, निर्वाचनको तयारी, दलीय सहभागीता लगायत बिषयमा जिज्ञासा राखेको जनाईएको हो ।

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भारतीय राष्ट्रपति भवन पुगेका बिदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निर्वाचनको तयारीबारे जानकारी मागेको जनाईएको हो ।

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा राखिएको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले सबैको भावना समेटेर चुनाव गर्ने कोशिसमा नेपाल सरकार रहेको उल्लेख गर्दै चुनावी प्रकृयामा नेपाल अघि बढिरहेको जानकारी गराउनुभएको जनाईएको हो ।

यसैबीच, भारतीय बिदेशमन्त्री स्वराजले भारतीय सहयोगमा नेपालमा निर्माणाधिन परियोजनाहरु छिटो सम्पन्न होस् भन्ने चाहेको बताउनभुएको छ । राष्ट्रपति भण्डारीसंगको भेटमा विदेशमन्त्री स्वराजले नेपालमा गएको भुकम्पपछिको पुननिर्माणका लागि भारतको सहयोगमा बनिरहेको परियोजनाहरु समयमै सम्पन्न होस भन्ने पक्षमा भारत सरकार रहेको बताउनुभएको जनाईएको छ ।

दुई पक्षीय विकास परियोजनाहरु छिटो सम्पन्न् होस भन्नेमा प्रधानमन्त्री मोदीको पनि विशेष चासो रहेको छ । भारतीय मन्त्री स्वराजले नेपाल–भारतको सम्बन्ध सहमति र सहयोगको अदानप्रदान भन्दापनि फराकिलो रहेको उल्लेख गर्दै दुई पक्षीय विश्वास र सद्भावले सम्ब्न्ध अझ फराकिलो बनाउने दावी गरेका जनाईएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com