डाकाले समेटेका कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजान ट्रम्पले कार्यकारी आदेश जारी गर्ने


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका झण्डै ८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अर्को महिना कार्यकारी आदेश जारी गर्ने बताएका छन् । बाल्यकालमा अमेरिकामा आएका र कागजपत्रविहिन भएका डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल डाकाले समेटेकाहरुलाई नागरिकताको बाटोमा लैजान आफूले कार्यकारी आदेश जारी गर्न चाहेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले डेमोक्र्याट्सहरु नै डाकाबारेको सहमतिमा टाढा भागिरहेको आरोप लगाएका छन् । सर्बोच्च अदालतको निर्णयले डाका कार्यक्रम अन्त्य गर्ने आफूहरुको योजनालाई रोकेको बताउँदै ट्रम्पले भनेका छन् अबबो केही हप्तामा म एउटा अध्यागमन बिलमा हस्ताक्षर गर्न गइरहेको छु । धेरैलाई यसबारे थाहा छैन । तर म एउटा ठूलै अध्यागमन बिलमा हस्ताक्षर गर्न गइरहेको छु ।

पत्रकारले यो कार्यकारी आदेश हो ? भनेर सोध्दा ट्रम्पले आफूले एउटा ठूलो कार्यकारी आदेश जारी गर्न लागेको बताएका छन् । आफूलाई राष्ट्रपतिका हैसियतमा अध्यागमनबारेको कार्यकारी आदेश जारी गर्ने शक्ति र अधिकार रहेको तथा यसमा आफूलाई डाकालाई समेट्ने ट्रम्पले बताएका छन् ।

अहिले आफूहरुले यसभित्रका कानुनी जटिलताहरुबारे काम गरिरहेको तर आफूले कार्यकारी आदेशका रुपमा एउटा मुख्य इमिग्रेशन बिलमा हस्ताक्षर गर्न लागेको ट्रम्पले थप स्पष्ट पारेका छन् । आफूले मेरिटमा आधारित इमिग्रेशन प्रणालीका सन्दर्भम ाबिल ल्याउन लागेको र त्यसमै डाकालाई समेट्ने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन् मलाई लाग्छ मान्छेहरु यसबाट खुशी नै हुनेछन् ।

यसैबीच टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रुजले यदि कार्यकारी आदेशमार्फत डाकाले समेटेका कागजत्रविहिनलाई नागरिकताको बाटोमा लगिए त्यो भयानक भुल हुने बताएका छन् । ट्रम्पको भनाई लगत्तै ह्वाइट हाउसले यसबारे प्रष्ट पार्दै अध्यागमन डिलमा कुनै क्षमादान समावेश नगरिने बताएको छ ।

ह्वाइट हाउसका डेपुटी प्रेस सेक्रेटरीले ट्रम्पको कार्यकारी आदेश मेरिटमा आधारित अध्यागमन प्रणाली स्थापना गर्नका लागि र अमेरिकन कामदारको थप संरक्षणका लागि आउने बताएका छन् । कार्यकारी आदेशमा डाकालाई समेटिने, नागरिकताको विषयपनि समेटिने तर पूर्णरुपमा क्षमादान नभएको डेपुटी प्रेस सेक्रेटरीको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com