नेपालीलाई सघाउने न्युयोर्क मेयरका सम्भावित उम्मेदवार आडम्सलाई नेपालीको स्वागत


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

नेपाली टोपीमा एरिक आडम्स

नेपाली समुदायलाई विभिन्न तरिकाले सहयोग गर्दै आएका न्युयोर्क सिटीको मेयरका सम्भावित उम्मेदवार तथा बु्रकलिन बोरो प्रेसिडेण्ड एरिक आडम्सलाई नेपाली समुदायका तर्फबाट पनि इन्डोर्स गरिएको छ । एरिक आडम्सले न्युयोर्क सिटीको मेयरका लागि अर्को बर्ष हुने चुनावमा उम्मेदवारीको तयारी गरेका छन् ।

नेपाली समुदायका अग्रणी व्यक्तित्व आनन्द बिष्टको निवासमा एरिक आडम्सको स्वागतका साथै फण्डरेज कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा सहभागी नेपालीहरुले आडम्सको फण्डरेजमा सहयोग गरेका थिए ।

नेपाली टोपी लगाइदिएर एरिक आडम्सलाई नेपाली समुदायका तर्फबाट मेयर पदको उम्मेदबारीका लागि इन्डोर्स गरिएको थियो । आडम्स डेमोक्रेटिक पार्टीका नेता हुन् । नेपाली समुदायका सुखदुखका साथी एरिक आडम्सलाई नेपाली समुदायको पूर्ण साथ र समर्थन रहने आनन्द बिष्टले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवराज केसी, संजय थापा, राजकुमार बिष्ट, खाम भट्ट, विष्णुरानामगर, मिलन शाही लगायतको सकृयतामा कार्यक्रम गरिएको थियो । एरिक आडम्सले कोरोनाको महामारीका बेलामा समेत न्युयोर्कको नेपाली समुदायलाई मास्क, ग्लोभ्स लगायतका सामाग्रीहरु उपलब्ध गराएर सहयोग गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com