चर्को आलोचनापछि शुक्रबारको सार्वजनिक विदा फिर्ता


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णयको चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको जनाईको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको जनाईएको हो ।
राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको हो ।
तर, शुक्रबारको विदा भने फिर्ता भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com