जताततै पहिरोको जोखिम


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जन जति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । उहाँले पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु गर्यो भन्नुभयो ।

भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय पाण्डव श्रेष्ठले बताउनुभयो । पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, उहाँले भन्नुभयो, अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र ? भएको थातथलोलाई एकै पटक छोडेर हिँड्ने अवस्था छैन । सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाई दिनुपर्ने उहाँको तर्क छ । मरिण गाउँपालिकास्थित कात्तिके खलङ्गामा झन्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाँजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ ।

मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन वर्षात्को मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले सम्भाव्यता अध्ययन नै नगरी जथाभावी खनिएका ट्र्याक सडक र वैज्ञानिक वनका नाममा भएको वन विनाशले पहिरोको जोखिम बढाएको छ भन्नुभयो । उहाँका अनुसार वडा नं ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फँडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्तअनुसार ८० वर्ष पूरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायीको मिलेमतोमा जथाभावी नै वन विनाश भएको छ ।

महाभारत उत्तरतर्फका दर्जनभन्दा बढी ठाउँ पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, बस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुड्भञ्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाउँ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ । समन्वय समितिका प्रमुख शङ्करराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भू–भाग बढी भएको जिल्ला भएकोले हरेक वर्ष वर्षात्को मौसममा पहिरोको त्रास हुने गरेको बताउनुहुन्छ । उहाँले जेसीभी र स्काभेटरमार्फत ट्र्याक सडक खनिएकाले पहिरोको जोखिम बढेको हो भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घ्याङलेख गयो पहिरोले नै सडक अवरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अवरुद्ध छ, जताततै समस्या छ । कमलामाई नगरपालिकाको पनि ढुङ्ग्रेभञ्ज्याङ र केवरेको पहिरोका कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ती रहेकाले खतरा भएको हो । ठूलो पानी पर्नासाथ डराउनुपर्ने अवस्था छ, ढुङग्रेबास बजार निवासी सन्तोष दाहालले भन्नुभयो, ती पहिरो पुनः खसेर ठूलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाई बेलैमा सार्नुपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com