महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने नियम भोलि फेडरल रजिस्टरमा


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने प्रस्तावित नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । ट्रम्प प्रशासनले महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलममा प्रतिबन्ध लगाउने प्रस्तावित नियम आज सार्वजनिक गरेको हो ।

स्वास्थ्यको जोखिमका आधारमा अमेरिकामा कसले एसाइलम दावी गर्न पाउने भन्ने सन्दर्भमा नयाँ नियमले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसलाई तजविज अधिकार प्रदान गर्नेछ । यो वीथहोल्डिङ अफ रिमुभल अन्तरगत पर्ने आप्रवासीहरुका लागि पनि लागु हुनेछ ।

नियमको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

नयाँ नियम कार्यान्वयनमा आएपछि अमेरिकामा नयाँ एसाइलम आवेदकका सन्दर्भमा एसाइलम पूर्णरुपमा अन्त्य हुने अमेरिकन इमिग्रेशन काउन्सिलका अधिकारीले बताएका छन् । अमेरिकाको एसाइलमको नियमले संघीय अधिकारीहरुलाई विभिन्न आधारमा एसाइलम अस्वीकार गर्न अधिकार प्रदान गर्दै आएको छ, आज सार्वजनिक यो नियमले अब जनस्वास्थ्यको आधारमा समेत एसाइलम अस्वीकृत गर्न अधिकार दिनेछ ।

ट्रम्प प्रशासनले एसाइलमको नियमहरु श्रृंखलाबद्धरुपमा कडा बनाउँदै आएको छ । एसाइलम आवेदकलाई एसाइलम पेन्डिङ रहेको आधारमा एसाइलम नदिने लगायतका नियमहरु अर्को महिनादेखि कार्यान्वयनमा ल्याउन लागिएको छ ।

भोलि प्रकाशित हुने नियममा ३० दिनको कमेन्ट अवधि दिइनेछ । त्यसपछि यसबारे ट्रम्प प्रशासनले अन्तिम नियम प्रकाशन गर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com