डिभीबारे अमेरिकी दूतावास काठमाडौंका ३ जवाफ : २०२० का डिभी विजेताले अब भिसा नपाउने


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अमेरिकी दूतावास काठमाडौंले आज आफ्नो आधिकारिक फेसबुक पेजमा आयोजना गरेको भिसा च्याटमा भिसाबारेका विभिन्न प्रश्नको जवाफ दिएको छ । डिभी २०२० का विजेताहरुले अब भिसा पाउलान् कि नपाउलान् ? डाइभर्सिटी भिसा पाएर अमेरिका आउन नसकेकाहरुको भिसा नविकरण होला कि नहोला ? डाइभर्सिटी भिसाको अन्तरवार्ता समेत तय भएकाले भिसा पाउलान् किन नपाउलान् भन्ने मुख्य तीन प्रश्नहरु धेरैले सोधेका छन् । हामीले यसबारे कन्सुलर अधिकारीले दिएको मुख्य जवाफलाई पिक गरेका छौं ।

२०२० का लागि डिभी लोटरी जितेकाहरुले अब भिसा पाउलान् ?

दुभाग्र्यवश सन् २०२० का डिभी विजेताहरुका लागि भिसा जारी गर्ने सेप्टेम्बर ३० को डेडलाइनमा कुनै थप गरिएको छैन । हालैको राष्ट्रपतिको कार्यकारी आदेश पहिले नै भिसा प्राप्त नगरेका डिभी आवेदकलाई भिसा प्राप्त गर्न रोक लगाउनेगरी डिसेम्बर ३१ सम्म थप गरिएको छ ।

सन् २०२० को डिभी लोटरीमार्फत भिसा पाइसकेका तर कोरोनाको महामारीका कारण अमेरिका आउन नसकेकाहरुको ६ महिनाको भिसा सकिएमा थप्न सकिएला ?

जोसँग अप्रिल २३, २०२० भन्दा अगाडि अद्यावधिक रहेको तर त्यसपछि एक्सपायर भएको डाइभर्सिटी भिसा रहेको छ, उनीहरुका लागि हामीले सम्भवत पुन भिसा जारी गर्न सक्नेछौं । राष्ट्रपतिको कार्यकारी आदेश पहिले नै भिसा जारी भइसकेकाहरुका सन्दर्भमा लागु हुँदैन । त्यस्तो अवस्था भएको व्यक्तिले [email protected] मा आफ्नो केसबारे सिधा सम्पर्क गर्नुपर्छ । हामीले रिभ्यु गरिसकेपछि थप निर्देशिका सहित फ्लोअप गर्नेछौं ।

डिभी २०२० अन्तरगत मेरो अन्तरवार्ताको मिति समेत तोकिएको थियो । अब मैले भिसा पाउने सम्भवना के हुन्छ ?

दुभाग्र्यवश अप्रिल २३ सम्म डिभी २०२० अन्तरगत भिसा पाइनसकेकाहरुले राष्ट्रपतिको कार्यकारी आदेश अनुशार डिभी २०२० अन्तरगत भिसा पाउन सक्नेछैनन् । डिभी २०२१ का आवेदकहरुले पनि आफ्नो भिसाको प्रकृया अगाडि बढाउन कार्यकारी आदेशले तोकेको डिसेम्बर ३१ सम्मको म्याद पूरा हुँदासम्म कुनुपर्नेछ ।

सबै प्रश्नोत्तर यहाँ पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com