अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने आइसको नीतिबिरुद्ध हार्भर्ड अदालतमा


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नीतिबिरुद्ध हार्भर्ड र एमआईटी अदालतमा गएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लागु गरिएको नयाँ भिसा गाइडलाइन कार्यान्वयनमा अस्थायी निरोधक आदेशको माग गर्दै हार्भर्डले मुद्दा दायर गरेको हो ।

विद्यार्थीहरु, शिक्षकहरु र अन्यको स्वास्थ्य र सुरक्षाबारे कुनै मतलव नगरी सरकारको नीति कलेज र युनिभर्सिटीहरुलाई आगामी सेमेस्टरमा अन क्याम्पस कक्षाहरु इनपर्सन पढाईका लागि खोल्न दवाव दिने उद्देश्यले सरकारले यस्तो नीति ल्याएको हार्भर्डका अध्यक्ष लरेन्स बकाउले आज जारी वक्तब्यमा बताएका छन् ।

सोमबारमात्र आइसले नियम सार्वजनिक गरेर अमेरिकामा बस्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनिवार्यरुपमा इनपर्सन कक्षाहरु लिनेहरु र अनलाइनबाटमात्र कक्षा लिनेले अमेरिका छाड्नुपर्ने बताएको थियो । अनलाइनमात्र कक्षा लिने कलेजका विद्यार्थीहरुले आफूलाई इनपर्सन कक्षा लिने कलेजमा ट्रान्सफर गर्नुपर्ने बताएइएको थियो ।

पछिल्लो तथ्यांक अनुशार झण्डै ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरु अमेरिकामा अध्ययनरत छन् । जसमध्ये झण्डै १५ हजार नेपाली विद्यार्थीहरु रहेका छन् । त्यसमध्ये ३५ सयभन्दा बढी नेपाली विद्यार्थीहरु टेक्सासमामात्र रहेका छन् ।

अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने

कुल विद्यार्थीको सबैभन्दा धेरै एकतिहाई विद्यार्थीहरु चाइनिज विद्यार्थीहरु हुन् । त्यसपछि इन्डियन र साउथ कोरियन विद्यार्थीहरु रहेका छन् ।

आइसको नीति कार्यानवयनमा अस्थायी रोकको माग गर्दै मासाचुसेट्सको अदालतमा मुद्दा दायर गरिएको हो । हार्भडका तर्फबाट अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com