निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बनाउन राज्य व्यवस्थाको निर्देशन


प्रकाशित मिति : बैशाख ३, २०७४ आईतबार

आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई  व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको जनाईएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको जनाईएको हो ।
समितिको बैठकमा अधिकाशं सदस्यहरुले मधेसी मोर्चासहित असन्तुष्ट दलहरुलाई पनि लिएर निर्वाचनमा जानु पर्ने सुझाव दिएका थिए ।

राज्य व्यवस्था समितिले निर्वाचन आचार संहिताको कार्यान्वयनलाई कडाइ गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको जनाईएको हो । चुनावको मिति नजिकिँदै जाँदा स्थानीय तहमा आचार संहिता विपरितको गतिविधी बढेको तर आयोगले कारबाही नगरेको भन्दै सांसदहरुले गुनासो गरेका थिए ।

समितिले आगामी निर्वाचनको राज्य व्यवस्था समितिले अनुगमन गर्ने निर्णय गरेको छ । राहत उपलब्ध गराउँदा भूकम्प प्रभावित परिवारकै हैसियतमा हेर्न समितिले तराईका जिल्लाहरुमा आगलागीमा परेर घरवारविहीन परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएको जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com