मधेसी मोर्चाद्वारा अनिश्चितकालिन आम हडतालको घोषणा


प्रकाशित मिति : बैशाख ३, २०७४ आईतबार

स्थानीय तहको चुनावको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख १६ नेपाल बन्दको घोषणा गरेको छ । कुनैपनि हालतमा चुनाव हुन नदिने अठोट मोर्चाका नेताहकरुले गरेका छन् ।

आइतबार संवाद डबलीमा  संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेर स्थानीय चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेका छन् । साथै बैशाख १५ गते मधेस, थारुहट र लिम्बुवान बन्दको घोषणा गर्नुका साथै २७ गतेबाट अनिश्चितकालीन आमहडताल घोषणा गरिएको छ ।
प्रदेश सरकारले मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसहित स्थानीय तहको चुनाव गर्नुपर्ने बताए । ‘राज्यको विशेष संरचना/तहको मान्यता नदिनु, तिनिहरूको क्षेत्राधिकारको अनुसूची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु गलत कार्य’ भएको उल्लेख गर्दै बैशाख ५ गतेदेखि २७ गतेसम्मको लागि आन्दोलन घोषणा गरिएको छ ।
मोर्चालाई चुनावमा सहभागी गराउन भनी सरकारले दोस्रो संशोधन विधयेक दर्ताको तयारी गरिरहेको बेला मोर्चाले चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चा र सरकारबीच विगतमा भएको पटकपटकको सम्झौता उल्लंघन गरेको भन्दै अक्षारस कार्यान्वय गर्न सरकारसँग आग्रह गरिएको छ ।  सरकारले दर्ताका लागि तयार गरेको संशोधन विधयेक जनविरोधी भएको निस्कर्ष मोर्चाको छ ।
‘चैत्र २९ मा सरकारद्घारा व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको संशोधन विधेयक पनि मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायले उठाएका मागहरु र विगतमा सरकारसँग भएका समझदारी, सहमति र सम्झौताहरु विपरीत हुनुका साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले सरकारसमक्ष राखेको ११ बुँदे र २६ बुँदे मागहरुलाई समेत बेवास्ता गरी ल्याएको र उक्त संविधान संशोधन विधेयकले हाम्रा राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा नै मोर्चा/गठबन्धनले उक्त विधेयकलाई अस्वीकार गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ । थप भनिएको छ ‘संघीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण लगायत सबैखालका असमानता र विभेद अन्त्य गराउन र विगतमा प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्नका लागि आन्दोलनमा जान बाध्य भएको छ ।’
माग पूरा नभएसम्म चुनाव बिथोल्ने सबैखाले आन्दोलन गर्ने र आन्दोलन जनपक्षीय र शान्तिपूर्ण हुने मोर्चाका नेताहरुले बताएका छन् ।
चुनावको चार दिनअघि बैशाख २७ गतेबाट अनिश्चितकालीन आमहडताल गर्ने विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा मोर्चाका नेताहरु उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र, राजकिशोर यादव, शरदसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लालगायत उपस्थित थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com