तपाई फ्रिल्यान्सर वा सेल्फ इम्प्लोयड हुनुहुन्छ ? यसरी पाउनसक्नुहुनेछ थप १ हजार डलर


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

यदि तपाई फ्रिल्यान्सर वा सेल्फ इम्प्लोयड हुनुहुन्छ भने तपाईले अमेरिकी सरकारबाट तिर्न नपर्ने सहयोगका रुपमा एकहजार डलर प्राप्त गर्नसक्नुहुनेछ । इकोनोमिक इन्जुरी डिसास्टर लोन अन्तरगत तपाईले तिर्न नपर्ने गरी एकहजार डलर एड्भान्स रकम प्राप्त गर्न सक्नुहुनेछ ।

ईआईडीएल ऋणमा सहायताको भाग समेत रहेको छ । यो भागको उपयोग गरेर ऋणको लागि योग्य नहुने सेल्फ इम्प्लोयडहरुले समेत एकहजार डलर प्राप्त गर्नसक्नेछन् । जसमा उबर चालक लगायत एप्लीकेशनमा काम गर्नेहरु समेत पर्छन् ।

प्राविधिक रुपमा यो ऋणका लागि आवेदन दिएपनि एड्भान्स सहयोग स्वीकार गरिसकेपछि ऋण समेत स्वीकार गर्न आवश्यक छैन । तपाईले तिर्न नपर्ने एड्भान्स रकम लिइसकेपछि ऋण अस्वीकार समेत गर्न सक्नुहुनेछ ।

तर आवेदन दिंदा अतिरिक्त सुचना सेक्सनमा आफूले १० हजार डलरसम्म एड्भान्स रकम लिन चाहेकोमा टिकमार्क लगाउन सक्नुहुनेछ । तपाईले तीनदिनदेखि एकसाताभित्रमा बैंक खातामा एकहजार डलर प्राप्त गर्नुहुनेछ ।

तर तपाईले उक्त रकम के मा खर्च गर्नुभयो भन्नेबारे पनि रेकर्ड राख्नुहोला । पछि मागेको खण्डमा बुझाउनुपर्ने हुनसक्छ ।

एकहजार डलर रकम प्राप्त गर्नका लागि यहाँ क्लिक गरेर आवेदन दिनुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com