कोरोना संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधि प्रयोग बन्द


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितलाई  हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर/रिटोनाविर औषधिको प्रयोग बन्द गरिन लागेको जनाएको छ ।

मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमितलाई दिइने लोपिनएविर/रिटोनाविर औषधिबाट कोरोना संक्रमितको मृत्युदर रोक्न सफलता हासिल हुन नसकेपछि यस्तो निर्णय लिइएको हो ।

कोरोनाको उपचार खोजीमा जारी अलग–अलग भ्याक्सिन र मेडिसिन ट्रायलमा दुवै औषधिलाई आशाका रूपमा हेरिएको थियो ।

डब्लूएचओले एक बयानमा भनेको छ, “मेडिकल ट्रायलबाट हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर/रिटोनाविरको प्रयोगबाट अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको मृत्यु दरमा कुनै कमी आएन । यस कारण यी औषधिको ट्रायल तत्काल बन्द गरिनेछ ।”

विश्वका अलग–अलग देशमा विश्व स्वास्थ्य संगठनको अगुवाइमा दुवै औषधिलाई कोरोना संक्रमित बिरामीमा परीक्षण गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com