यस वर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो । निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको स्रोतले बतायो ।

कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने बताइएको छ । यसअघि एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । असार २९ गतेसम्म एसईईका विद्यार्थीको नम्बर परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com