भारतको कोठीमा थुनेर राखिएका नेपाली महिलाहरुको उद्धार


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

भारतको दिल्लीमा अलपत्र परेका मोरङ, झापा र पर्वतका महिलाहरुको उद्धार गरिएको छ ।

गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भनी भारतको परारी जोरदा भन्‍ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एक महिला र पुरुषको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com