साईप्रसबाट ८८ नेपाली बोकेको विमान नेपालका लागि प्रस्थान, पठाउन सकिएन अमगाईको शव


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

– दिनेश गौतम 
युरोपियन देश साईप्रसबाट  कोरोना महामारीकाबीच  पहिलो पटक  कतार एयरबेजले नेपालीहरु सवार चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका एयरपोर्टबाट  शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर कतार एयरवेजको   उडान  क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो ।
यो उडान उद्धारको पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना  नेपाली रादुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस र एनआरएन साईप्रसको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये २२  महिला र ६६  जना पुरुष रहेका छन् ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ६ सय ४० युरो  ( करिव ८५ हजार ९४८ रुपैया)का  दरले टिकट लिएका हुन् । नेपाल फर्किएका प्रायःको  कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर फर्किएका छन् ।
 स्वदेश फर्किएका नेपालीहरुलाई होनरी कन्सुलेट डाक्टर रामजिवन पन्जियार , समाजसेबी एवमं एन.आर.एन.ए साईप्रसका संरक्षक सुबास मल्ल , गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले  विमानस्थलमै पुगेर बिदा गरे ।
दूतावासको समन्वय ,नेपाल  सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाईनस् मार्फत पहिलो र अन्तिम  चरणको उडान सकिएको नेपाली  दूतावास ईजरायलले जनाएको छ ।
साईप्रसमा सुरुमा दुतावासमा नेपाल जानेहरु लगभग साढे चारसय भन्दा बिढले नाम टिपाएको कारण आफुहरु  नेपाली विमानलाई चार्टर गराउन खोजे पनि युरोपियन युनियनले नेपाली एयरलाइन्सहरुलाई कालो सुचीमा राखेका कारण ढिला भएको राजदुत डा.अन्जान शाक्यले बताइन् ।
डाक्टर शाक्यले आफु राजदुत भएर ईजरायल आएपछि साईप्रस देश आफनो कार्यक्षेत्र भएको नाताले बसाई ईजरायल भएपनि संख्यात्मक रुपमा साईप्रसमा नेपालहरु बढि रहेकोले त्यहा रहेका नेपालीहरु लागि आफु सधै काम गर्न प्रतिबद्ध रहेको बताउदै साईप्रसमा रहेका कुनै पनि नेपालीहरुलाई समास्यामा पर्न नदिने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।
 
हत्या गरिएका अमगाईको शव पठाउन सकिएन 
केही महिना महिला चितवन जिल्लाको रत्ननगर न.पा. ११ का २१ बर्षिय विवेक अमगाईको  हत्या पछि विलम्बका कारण अन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको थियो । अमगाईका परिवारहरुको आग्रहमा शव शुक्रवारकै जहाजमा पठाउनका लागि नेपाली रादुतावास ईजरायलकी राजदुत डा. आन्जन शाक्यले नेपाल सरकारका विभिन्न निकाय , साईप्रस सरकारको सरकारी स्तरका निकायहरुलाई पत्र लेखेपनि केही कागजी प्रक्रिया नपुगेको कारणले स्वदेश फर्काउन नसकिएको दुतावासका प्रवक्ता  अर्जुन घिमिरले जानकारी दिए ।
अमगाईको शव नेपाल पठाउनका लागि साईप्रसमा रहेका अवैतनिक वाणिज्यदूत डा. रामजिवन पन्जियार र एनआरएनए साईप्रसका संरक्षक निकोसिया शहरमा रहेको जनरल अस्पतालमा शुक्रवार विहानै देखि धेरै कोसिस गरेपनि अन्तिम अवस्थामा आएर शवलाई पठाउन नसकिएको र अब आउने दिनमा  नेपाल जाने जुनसुकै कार्गोमा भएपनि शवलाई मृतकको परिवारको जिम्मा लगाएरै छोडने प्रवक्ता घिमिरेले जानकारी दिए ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com