भारतीय प्रधानमन्त्रीले चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले दियो कडा चेतावनी


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

चीनले सीमा क्षेत्रमा तनाब बढाउने खालको गतिविधि कुनै पक्षले गर्न नहुनेमा जोड दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले यस प्रकारको अभिव्यक्ति दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चाओ लिचियानले भारत र चीन विवादित क्षेत्रको तापक्रम न्यूनीकरण गर्न सैन्य र कुटनीतिक तहमा छलफलमा रहेको बताउनुभयो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भन्नुभयो, “यस्तो परिस्थितिमा कुनै पक्षले तनाब बढाउने स्थितिमा रोक लगाउनुपर्छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान लद्दाख र लेह क्षेत्रको भ्रमण गर्नुभएको छ । सुरक्षा विभाग प्रमुख विपिन रावत, प्रधानसेनापति एम एन नरवनेसँगै लेह पुगेका भारतीय प्रधानमन्त्री मोदीले लेहस्थित गुल्ममा अन्तरक्रिया गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीहरुलाई सम्बोधन गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भारतले चिनियाँ मोबाइल एप्समाथि लगाएको प्रतिबन्धबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भारतमा चिनियाँ कम्पनीको सञ्चालनको अधिकार सुरक्षित गर्न आवश्यक कानूनी बाटो अपनाउने प्रष्ट्याउनुभयो । भारतले गत् साता टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com