प्राविधिक समस्या आएको भन्दै अमेरिका र क्यानडाबाट गएका नेपालीलाई दोहामा १५ घण्टा ट्रान्जिट


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

अमेरिका र क्यानडाबाट गएका एकसयजना नेपालीलाई दोहामा १५ घण्टाभन्दा लामो ट्रान्जिटमा राखिएको छ । दोहामा ७ देखि ९ घण्टासम्मको मात्र ट्रान्जिट हुने बताएर अमेरिका र क्यानडाबाट लगिएपनि त्यहाँ १५ घण्टाभन्दा बढी ट्रान्जिटमा राखिएको छ ।

कतारको समय अनुशार गएराती १२ बजेर १५ मिनेटमा विमान उड्ने बताइएपनि यो समाचार तयार पार्दासम्म विमान उड्न सकेको छैन । कतारको समय अनुशार अहिले विहान साढे ७ बजे विमान उड्ने तय भएको र नेपालमा दिउसो साढे २ बजे अवतरण गर्ने जनाइएको छ ।

अमेरिका र क्यानडाका विभिन्न विमास्थलबाट कतार एयरवेजमार्फत नेपालीहरु जुलाई १ मा दोहा गएका थिए भने दोहाबाट चार्टड उडानमार्फत नेपाल लैजाने तय भएको थियो ।

जुलाई १ मा प्रस्थान गर्नेमा अमेरिकाबाट ६९ जना र क्यानडाबाट ३१ जना नेपालीहरु रहेको एरो नेपाल ट्राभलका राकेश तुलाधरले जानकारी दिए । अमेरिका र क्यानडाबाट नेपाल जानेहरुका लागि टिकट दर १६ सय अमेरिकी डलर तोकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पासपोर्ट हुनेहरु र कोभिड १९ टेस्टको प्रमाणपत्र हुनेहरुलाईमात्र विमानमा चढाइएको थियो । यसअगाडि अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजमार्फत दुईपटक नेपालीहरु नेपाल गइसकेका छन् ।

तीनपटक अमेरिकाबाटमात्र झण्डै ६ सय नेपालीहरु नेपाल फर्किसकेका छन् । यसअगाडि कतार एयरवेजमार्फत २४६ जना नेपालीहरु अमेरिकाबाट नेपाल फर्केका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com