माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा फारिस नियुक्त


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाको राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोसलाई नियुक्त गरेको छ। काठमाडौं उप-क्षेत्रीय कार्यालयमा आधारित रहनेगरी विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब  ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन्।

जर्भोसभन्दा पहिले यी तीन देशका राष्ट्रिय निर्देशक रहेकी आइडा जी.पस्वराई-रिद्धीहोले विश्व बैंकमै अर्को नयाँ कार्यभार ग्रहण गर्दैछिन्। यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए।

अमेरिकी नागरिक जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध छन्। उनले यसअघि मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन्।

कोभिड-१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीनवटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उनको नियुक्ति भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘देशहरूले कोभिड-१९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुधार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ,’ उनलेे भने, ‘विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड-१९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ। यसका लगि म तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु।’

विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड-१९ आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ। जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com