बेलायतमा युरोपेलीको ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने विधेयक पारित


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

बेलायतमा युरोपेली मुलुकका नागरिकको स्वतन्त्र आवतजावत (फ्रि मुभमेन्ट) बन्द गर्ने विधेयक बेलायती संसदले पारीत गरेको छ ।

‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन’ ( ईयू विथड्रल बिल) विधेयकको पक्षमा मंगलबार बहुमत बेलायती सांसदहरुले मत दिएका छन् ।

सरकारले प्रस्ताव गरेको उक्त विधेयकको पक्षमा ३ सय ४२ मत र विपक्षमा २ सय ४८ मत परेको थियो ।

युरोपेली संघबाट बाहिरिएसंगै बेलायतले अंकमा आधारित (पोइन्ट बेस्ड्) इमिग्रेसन प्रणालीमा जाने घोषणा गरिसकेको छ ।

अहिले पारित विधेयकले सोही अंकमा आधारित नयाँ इमिग्रेसन प्रणालीमा जाने बाटो खोलिदिएको छ ।

आउँदो वर्षको शुरुदेखि कार्यन्वयनमा आउने नयाँ व्यवस्थापछि बेलायतमा युरोपेली देशका नागरिकहरुले पाउंदै आएको विशेष अधिकार अन्त्य हुनेछ ।

बेलायत सरकारकी होम सेक्रेटरी प्रिति पटेलले गत वर्षको निर्वाचनमा बेलायती जनताले ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने पक्षमा म्यान्डेट दिएको भन्दै अहिले पारित विधेयकले सोही म्यान्डेट पूरा गरेको प्रतिकृया दिएकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com