भारतको प्रतिबन्धप्रति , के भन्छ चिनियाँ मिडिया ?
प्रकाशित मिति : असार १६, २०७७ मंगलबार
Congress party supporters leave Chinese goods on a flag displaying the country and flag of China along with an inscription reading ‘Boycott Made in China’ before burning them during an anti-China demonstration in Kolkata on Juane 18, 2020. – India and China agreed on June 17 to ease tensions at their disputed Himalayan border, even as they traded blame for a brawl that left at least 20 Indian soldiers dead. (Photo by Dibyangshu SARKAR / AFP) (Photo by DIBYANGSHU SARKAR/AFP via Getty Images)
५९ चिनियाँ एपलाई प्रतिबन्ध गर्ने भारतीय सरकारको निर्णयलाई भारतीय मिडियाले दुई देशबीच सीमाको विषयमा जारी तनावको ‘कडा सन्देश’ बताएका छन् । यद्यपि, भारत सरकारको बयानमा कतै पनि सीमा विवादको कुरा उठाइएको छैन । बयानमा यी एप देशको सम्प्रभुता र रक्षाका लागि हानिकारक भएको र यसमा डाटाको सुरक्षा र गोपनियतामाथि पनि खतरा भएको बताइएको छ ।
यो प्रतिबन्ध १५ जूनमा गलवान घाटीमा विवादित सीमामा हिंस्रक झडपपछि लगाइएको हो । यो झडपमा भारतका २० जवानको ज्यान गएको छ जबकी चीनले आफ्नो क्षतीबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
सैनिकको मृत्युको खबर पछि नै भारतमा थुप्रै दक्षिणपन्थी समूह र सोसल मिडिया प्रयोगकर्ताले चीनमा बनेका सामान बहिष्कार गर्न माग गरिरहेका थिए ।चिनियाँ उत्पादन, विशेषगरी स्मार्टफोन भारतमा निकै लोकप्रिय छ ।भारतीय मिडियाका अनुसार चिनियाँ सामानको बहिष्कारको अपिल अव्यवहारिक छ ।
चीनको एक सरकारी पत्रिकाले भारत सरकारको यो कदम अति–राष्ट्रवादको लहरको हिस्सा भएको बताएको छ ।भारतीय मिडियाले भन्यो, ‘डिजिटल सर्जिकल स्ट्राइक’ हो यो प्रतिबन्ध । भारत सरकारद्वारा प्रतिबन्ध गरिएको ५९ एप्समा टिकटक पनि समावेश छ जुन भारतमा सर्वाधिक लोकप्रिय छ । स्थानीय मिडियाका अनुसार यसका १० करोड सक्रिय प्रयोगकर्ता छन् ।
धेरै मानिसहरुले यसमार्फत् चर्चा पाएका छन् भने कतिले आफ्नो व्यवसायको विज्ञापन पनि यसैमार्फत् गरेका छन् ।भारतको ट्वीटरमा “ChineseAppsBlocked” र #RIPTiktok जस्ता ह्याशट्याग ट्रेन्ड गरिरहेका छन् ।
यो प्रतिबन्धमाथि टिप्पणी गर्दै टिकटक इन्डियाले भनेको छ, ‘हामीले डाटाको गोपनियता र सुरक्षाका लागि भारतीय कानूनको पालना गरिरहेका छौं । हामीले भारतीय प्रयोगकर्ताको कुनै पनि जानकारी कुनै विदेशी सरकार वा चिनियाँ सरकारमाझ साझा गरेका छैनौं ।’
विशेषज्ञलाई लाग्छ कि भारतको यो कदम एक तरिकाले भारतमा ठूलो व्यवसायिक हित राख्ने ठूलो चिनियाँ कम्पनीका लागि एक संकेत हो ।
भारतको एक प्रमुख अंग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’ को एक लेख अनुसार यो प्रतिबन्ध भारतको तर्फबाट ‘आफ्नो उद्देश्यको झलक देखाउनु र कडा सन्देश दिनु’ दुबै हो । यसमा भनिएको छ, ‘भारतलाई यसले खासै क्षती नपुर्याउला किनभने वैकल्पिक एप्स छन् तर चीनका लागि भारतीय एप मार्केट निकै महत्वपूर्ण छ ।’
केही भारतीय टिभी च्यानलले एक कदम अघि गएर यो प्रतिबन्धलाई चीनमाथि ‘डिजिटल सर्जिकल स्ट्राइक’ भन्न थाले । टिभी प्रस्तोता तथा रिपब्लिक टिभी च्यानलका एडिटर–इन–चीफ अर्नब गोस्वामी तीनैमध्ये एक थिए । उनले यो प्रतिबन्धलाई उदाहरणीय कदम बताए ।
उनले भने, ‘उनीहरुलाई थाहा छैन कि उनीहरुलाई कस्तो चोट लागेको छ । अब चिनियाँले थाहा पाउनेछन् कि जब हामी केही गर्न चाहन्छौं तब हामी आफ्नो मर्जीले कदम उठाउनेछौं ।’
चिनियाँ मिडियाले भन्यो, भारतकै क्षती
चीनको आधिकारिक मिडिया सिन्ह्वा, पिपल्स डेली र चाइना सेन्ट्रल टेलिभिजनले यो प्रतिबन्धबारे कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले सीमा तनावको विषयमा साधारणतया चिनियाँ विदेश मन्त्रालयकै धारणा अपनाउने गर्छन् ।
यद्यपि सरकारी पत्रिका ग्लोबल टाइम्सले सीमा तनावका लागि भारतलाई जिम्मेवार बताउँदै एप्समाथिको प्रतिबन्धलाई ‘अल्ट्रा नेशनलिजम’ को लहरको हिस्सा बताएका छन् ।
यो अंग्रेजी पत्रिकाले लेख्यो, ‘अचानक उठाइएको यो कदम भारतीय सैनिकद्वारा सीमा पार गरेपछि चीनसँग अवैध गतिविधि सुरु गरेको र चिनियाँ सैनिकमाथि हमला गरेका कारण दुई देशबीच तनाव बढेपछि लिइएको हो । त्यसपछि नै भारतमा अल्ट्रा नेशनलिजम हावी भएको छ ।’ समाचार र कमेन्ट्री वेबसाइट Guancha.cn ले गलवान घाटीमा जानीजानी उक्साएर र चिनियाँ उत्पादनलाई बहिष्कार गरेर भारतले आफ्नै क्षती गर्नेछ ।
ग्लोबल टाइम्सको चिनियाँ भाषाको वेबसाइटमा यो प्रतिबन्धका कारण थुप्रै भारतीय आफ्नो जागिर गुम्ने हुन् कि भन्ने चिन्तामा रहेको बताइएको छ । यसमा बताइए अनुसार दीपिका पादुकोण, सारा अली खान, शाहिद कपुर र माधुरी दीक्षितजस्ता बलिउड सेलिब्रिटी आफ्नो प्रशंसकसँग सम्पर्कमा रहन र फिल्मको प्रोमोसनका लागि टिकटकको प्रयोग व्यापक गर्दथे । स्रोतः बीबीसी






