राजमार्ग अतिक्रमण बढ्दै गएपछि सडक विस्तारको काम सुरु


प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ ।विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः सुरु गरिएको हो । डिभिजन सडक कार्यालयले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रमा सडकको दायाँबाँया १५ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाएको हो ।

पटक/पटक राजमार्गका स्थानीयवासीलाई १५ मिटर क्षेत्र खाली गर्नका लागि सूचना गर्दासमेत बेवास्ता गरेर अटेर गरी बस्दै आएकोमा अहिले भने सडक विभाग आफँैले सडककोबीच भागबाट १५ मिटर क्षेत्र दायाँबाँया खाली गरी सडक विस्तारको कामलाई तीव्रता दिन थालेको बताइएको छ । त्रिभुवन राजपथको नागढुङ्गादेखि १५ मिटर क्षेत्र खाली गर्न सुरु गरिएको छ ।

सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउनका लागि सडक दायाँबाँयाका क्षेत्र खाली गरेको सडक विभागले जनाएको छ ।

यसैगरी पृथ्वी राजमार्गमा आसपासमा वन अतिक्रमण गरेर मानवबस्ती बस्न खोजेको भन्दै जिल्ला वन कार्यालय धादिङले अतिक्रमण हटाउने कामको सुरुवात गरेको थियो । सडक क्षेत्र बढाइ दायाँबाँया नै नाली निमार्ण गर्न लागिएको सडक विभागले बताएको छ भने राजमार्गका स्थानीयवासीले भने हरेक वर्ष १५ मिटर र २५ मिटर खाली गर्ने निहुँमा सडक खनेर त्यतिकै छाडिदिने गरेको आरोप लगाएका छन् ।
सडक विभागले भने अब तीव्रगतिमा नागढुङ्गादेखि मौवा खोलासम्मको सडककै दायाँबाँया १५ मिटर खाली गराउने र क्रमश विस्तार गरेको सडकमा नाली निमार्ण गर्ने कालोपत्रे समेत गर्ने जनाएको छ । रासस

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com