हङकङमाथि प्रभाव बढाउन चीनद्वारा राष्ट्रिय सुरक्षा कानुन पारित


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

चीनले हङकङक माथि प्रभाव बढाउन विवादस्पद राष्ट्रिय सुरक्षा कानुन पारित गरेको छ । उक्त कानुन लागु भएसँगै हङकङमा चिनियाँ प्रभाव बढ्ने र हङकङको स्वतन्त्रता संकुचित हुने बताइएको छ ।

चीनले गत महिना पृथक्तावाद, राज्यविप्लव, आतंकवाद र विदेशी शक्तिसँगको मिलेमतोजस्ता गतिविधिलाई अपराधका रुपमा व्याख्या गरेको छ । त्यसैगरी विरोध प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको दायरा पनि खुम्च्याएको छ ।

गत वर्ष चीनसँग सुपुर्दगी गर्न पाउनेसम्बन्धी विधेयकको विरोधमा हङकङमा प्रजातन्त्र समर्थकहरुले सात महिनाभन्दा लामो समय आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि हङकङ सरकारले उक्त विधेयक फिर्ता लिएको थियो । हङकङमा कोरोना संक्रमण नियन्त्रणका लागि चीनसँगका सीमाहरु बन्द गर्नसमेत आन्दोलन गरिएको थियो ।

अब नयाँ कानुन लागु भएसँगै यस्ता आन्दोलनहरु र विरोध प्रदर्शनहरुमाथि प्रतिबन्ध लगाइने भन्दै आलोचना भइरहेको छ । यस कानुनले हङकङको न्यायिक र अन्य स्वतन्त्रताहरूलाई ध्वस्त पारिदिनेमा टिप्पणीकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९७ मा हङ्‌कङलाई ब्रिटिश नियन्त्रणबाट चीनलाई हस्तान्तरण गरिएको थियो । उक्त सम्झौताअनुसार चीनले एक मुलुक, दुई प्रणालीको प्रावधान स्वीकार गर्दै हङकङलाई बढी स्वायत्ता प्रदान गरिएको थियो ।

चीनले भने हङकङमा पछिल्लो समय पृथक्तावादी गतिविधि, राज्यविप्लव, आतंकवदा र विदेशी शक्तिसँग मिलोमतो बढ्दै गएकाले त्यस्ता गतिविधि रोक्न‍ कानुन आवश्यक भएको बताएको छ । चीनले उक्त कानुनको आलोचनालाई आन्तरिक मामिलामा हस्तक्षेप मान्‍ने गरेको छ ।

यो कानुन ब्रिटेनले चीनलाई हङ्‍कङ हस्तान्तरण गरेको वार्षिकोत्सवको अवसरमा बुधबारअघि नै लागु हुने बताइएको छ । चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिबाट मंगलबार र उक्त कानुन पारित भएको हो ।

अब हङ्‌कङको ‘बेसिक ल’ अर्थात् संविधानमा यो मंगलबार अपरान्हसम्म थपिने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com