सही समयमा गरिएको फैसलाले लाखौं नागरिकको ज्यान जोगियो : मोदी


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीसँग जुध्न सरकारले सही समयमा उचित कदम उठाएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले महामारीबाट बच्न सही समयमा गरिएको लकडाउन र अन्य फैसलाहरुले भारतमा लाखौं नागरिकको ज्यान जोगिएको दाबी गरे ।

उनले अनलक–१ सुरु भएसँगै मानिसहरुको लापरबाही पनि बढ्दै गएको बताए । मोदीले स्वास्थ्यसँग सम्बन्धित गाइडलाइनको पालन गर्न अपिल गर्दै गाउँको प्रधानदेखि प्रधानमन्त्रीसम्म सबैले कानुन मान्नुपर्नेमा जोड दिए ।

उनले ‘प्रधानमन्त्री गरिब कल्याण योजना’ विस्तार गरिने पनि बताए । सरकारले अहिलेसम्म ८० करोड मानिसहरुलाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराएको भन्दै मोदीले यो सुविधा २०२० नोभेम्बरसम्म लागु हुने पनि बताए ।

लामा–लामा भाषण गर्दै आएका प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा मात्र १६–१७ मिनेट सम्बोधन गरेका थिए । आमनागरिकले कोरोनासँगै भारत–चीन विवादका बारेमा पनि सम्बोधन हुने अनुमान गरे पनि उनले चीनका बारेमा केही कुरा गरेनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com