अष्ट्रेलियामा चक्कु देखाएर लुटेरालाई धपाएकी नेपाली युवतीको मिडियामा चर्चा


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

अष्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लुट्न आएको लुटेरालाई चक्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो।

न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई डर देखाउंदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने चक्कु देखाउंदै लुटेरालाई नै भगाइदिइन्।

स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चित्रित गर्दै घटनाको बारेमा समाचार प्रकाशन गरेका छन्।

7 News ले बनाएको भिडियो समाचार :

Young Auburn shop assistant stands her ground against would-be thief

A young Auburn shop assistant is being praised for her bravery after grabbing a knife and chasing a would-be thief out of her family store.The hooded offender fled rather than face the angry woman, who was armed and determined not to be a victim.www.7NEWS.com.au#Auburn #7NEWS

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com