उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको तथ्य फेला


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

सरकारी बेवास्ताका कारण झन्झन प्रदूषित बन्दै गएको उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको तथ्या फेला परेको छ ।
सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो ।

दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २ दशमलव ५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिदै आएको छ ।

चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ । यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २ दशमलव ५ का धुलोको कण १ सय ५६ देखि १ सय ८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो ।

१० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो । स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगीमने भनाइ छ । काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उहाको भनाइ छ ।

पर्टिकुलेट म्याटर २ दशमलव ५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ । यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन् । आखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उल्लेख गरेको छ।

डब्लुएचओको मापदण्डले पिएम २।५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ । तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पिएम २ दशमलव ५ को मात्रा योभन्दा धेरै बढी हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com