अन्तरघातलाई निर्मुल पानूपर्ने कांग्रेस शिर्ष नेताको भनाई


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

नेपाली कांग्रेसका शिर्ष नेताहरुले कांग्रेसलाई आफ्नै पार्टीभित्रकाले हराउने भएकाले अन्तरघातलाई निर्मुल पानुपर्ने बताएका छन् ।
पोखरामा बुधबार आयोजित प्रदेश नम्बर ४ स्तरीय आमसभालाई सम्बोधन गर्दै कांग्रेसका शिर्ष नेताहरुले आगामी निर्वाचनमार्फत कांग्रेसलाई कांग्रेसले हराउने प्रबृतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सभापति शेरबहादुर देउवाले अन्तरघात र विद्रोह कांग्रेसभित्रको रोग भएकाले त्यस्तालाई कडा कारवाही गर्ने चेतावनी दिनुभयो । आगामी निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेलाई कडाभन्दा कडा कारवाही गरिने उहा“ले स्पष्ट पार्नुभयो ।

सभापति देउवाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा स्थानीयस्तरमै अत्याधिक सहमति जुटाएर नाम सिफारिस गर्न सुझाव दिनुभयो । तेरो मेरो मान्छे भन्दापनि जित्ने उम्मेदवारलाई टिकट दिने र पार्टीले छनौट गरेको उमेदवारलाई एकमतले साथ दिनुपर्ने उहा“को निर्देशन छ । उम्मेदवार छनौटका लागि केन्द्रबाट सर्कुलर पठाउने समेत उहाले स्पष्ट पार्नुभयो ।

पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई अरुले हराउने नसक्ने तर कांग्रेसले कांग्रेसलाई हराउने प्रबृति प्रति आपत्ती जनाउनुभयो । उहाले निश्पक्ष ढंगले पार्टीलाई योगदान दिने र जित्ने संभावना भएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभयो । महामन्त्री डाक्टर शशांक कोइरालाले कांग्रेसभित्रकै अन्तरघातले पार्टी विजयबाट चुक्ने भएकालाई आफ्ना उम्मेदवारबिरुद्ध बागी उठ्नेलाई पार्टीबाटै निश्काशन गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाइट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधिले एमालेका शिर्ष नेताहरुले पूर्व राजास“ग साइनो जोडेको आरोप लगाउनुभयो । आगामी निर्वाचनका लागि एमालेको दोहोरो चाल खतराको रुपमा रहेको उहाले बताउनुभयो । आमसभामा पार्टी पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पूर्व सभामुख तारानाथ रानाभाट, नेताहरु गोपालमान श्रेष्ठ, शारदा पौडेल , अर्जुन जोशी लगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com