होमल्याण्ड सेक्युरिटीले उपलब्ध साधनश्रोतहरु मेरिट इमिग्रेशन प्रणालीमा लगाउने


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

(In English) अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सबै उपलब्ध साधनश्रोतहरु मेरिटमा आधारित इमिग्रेशन प्रणालीतर्फ जानका लागि प्रयोग गर्ने जनाएको छ । ट्रम्पको कार्यकारी आदेशले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सबै साधनश्रोत मेरिटमा आधारित अध्यागमन प्रणालीका लागि लागु गर्न निर्देशन दिएको छ ।

होमल्याण्ड सेक्युरिटीले वक्तब्य जारी गर्दै आफ्ना साधनश्रोतहरु अध्यागमनमा हुने जालसाजी र दुरुपयोग रोक्न लगाउने बताएको छ । नयाँ प्रावधानमा गैर विस्थापन प्रावधानहरु रहेको र जस अनुशार विदेशी कामदार राख्नका लागि अमेरिकी नागरिक कामदारलाई कामबाट निकाल्न प्रतिबन्ध लगाएको छ । त्यस्तै कागजपत्रविहिनलाई वर्क परमिट लिनबाट रोक लगाउने नयाँ प्रयास थाल्ने समेत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

विदेशी कामदारका लागि बढाइएको मेडिकल स्क्रीनिंग प्रकृया लागु भइरहेको सुनिश्चित गर्न होमल्याण्ड सेक्युरिटीले सरकारका साझेदारसँग काम गरिरहेको जनाएको छ । बायोमेट्रिक संकलनका सन्दर्भमा पनि नयाँ प्रकृया लागु गरिने तथा दुबै प्रकृयाका लागि पूराना नीतिहरुलाई आगामी दिनमा विस्तार र सुधार गरिने जनाइएको छ ।

कामदार भिसामा लगाइएको रोक अमेरिकामा पहिले नै भिसामा रहेका विदेशी कामदारका सन्दर्भमा लागु नहुने तथा कार्यकारी आदेश लागु हुनुभन्दा अगाडि भिसा पाइसकेकाहरुका सन्दर्भमा पनि लागु नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटी चाड उल्फले ट्रम्पको कार्यकारी आदेश अमेरिकी परिवार र कामदारलाई प्राथमिकता दिनका लागि जारी गरिएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com