पाल्पा पहिरो : थप एक जनाको शव फेला, मृतकको संख्या ४


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

पाल्पाको तानसेन नगरपालिका ११ सम्मोबारीमा सोमबार भएको दुर्घटनामा आज थप एक जनाको शव फेला परेको छ । यो सँगै उक्त घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सडक माथिबाट पहिरोले सवारी साधन पुदाँ २ जनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । आज अपरान्ह अन्दाजी २० वर्षका पुरुषको फेला परेका प्रदेश ५ का ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले बताए ।

सोमबार अपरान्ह पौने ५ बजे लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङकरलाई पहिरोले बगाएको थियो भने लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमा नै पुरिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com