कामदार भिसा र ग्रिनकार्डमा रोक लगाउने ट्रम्पको आदेशले कस्लाई असर पर्छ ? (भिडियो)


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज जारी गरेको कार्यकारी आदेशले अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीबाहेक अरु सबैको पारिवारिक ग्रिनकार्डको भिसामा रोक लगाएको छ । उनीहरुले भिसा पाइनसकेको भएमा उनीहरुको भिसा सन् २०२० को डिसेम्बरपछिमात्र हुनेछ । तर भिसा पाइसकेकाहरु भने अमेरिका आउन पाउनेछन् ।

ट्रम्पको आदेशले सन् २०२० को डिभी लोटरीलाई समाप्त पारेको छ । सबै प्रकृया पूरा भएर अन्तरवार्ता कुरेकाहरुले समेत भिसा नपाउने भएका छन् । तर पहिले नै भिसा पाइसकेकाहरु भने अमेरिका आउन पाउनेछन् ।

कामदार भिसा एच, एल र जेबाहेक अरु कुनै पनि प्रकारको गैर आप्रवासी भिसामा भने रोक लगाइनेछैन । भिजिटर, विद्यार्थी, मंगेतर लगायतका गैरआप्रवासी भिसामा भने अमेरिका आउन पाइनेछ ।

कार्यकारी आदेशको असर कस्लाई कस्तो पर्छ ? यसबारेमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले अमेरिकाका चर्चित कानुन व्यवसायी केशवराज सेडाईसँग गरेको कुराकानीको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com