स्वरोजगारले बेरोजगार सहायता रकमका साथमा पेचेक प्रोटेक्सन रकम लिन मिल्छ ?


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

कोरोनाको महामारीका कारण काम गुमाएका स्वरोजगारले पनि अहिले अमेरिकामा महामारी बेरोजगारी सहायता पीयुए रकम प्राप्त गरिरहेका छन् । उनीहरुले पीयुएबाट पाउने साप्ताहिक रकमका अतिरिक्त संघीय साप्ताहिक ६ सय डलर पनि प्राप्त गरिरहेका छन् ।

तर स्वरोजगारहरु पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिन समेत योग्य हुन्छन् । महामारी बेरोजगारी सहायता पीयुए प्राप्त गरिरहेका व्यक्तिले पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिन मिल्छ कि मिल्दैन ? यो प्रश्न अहिले पेचिलो प्रश्नको रुपमा रहेको छ ।

१०९९ फर्म प्रयोग गरेर रकम पाएका स्वरोजगारहरु पीपीपीका लागि समेत योग्य हुन्छन् । तर दुबै सुविधाहरु एकैपटक लिन नहुने विज्ञहरु बताउँछन् । यदि बेरोजगारी विमा रकम लिइराखेको अवधिमा पीपीपी रकम प्राप्त भएमा बेरोजगारी विमा रकम दावी गर्न छाड्नुपर्ने विज्ञहरुको सुझाव छ ।

फोब्र्समा प्रकाशित एउटा लेख अनुशार पीपीपीले कभर गरेको अवधिमा बेरोजगारी सहायता रकम लिनका लागि व्यक्ति सावधान हुनुपर्ने उल्लेख छ । यदि पीपीपी रकम प्राप्त भएमा कुनै पनि स्वरोजगार व्यक्ति पीपीपीबाट प्राप्त रकममा भर परेको अवस्थामा बेरोजगारी सहायता रकम लिन नहुने सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया पीपीपी रकम साढे २ महिनाका लागि हिसाब गरेर दिइने भएकाले रकम प्राप्त भएको अवधिको साढे २ महिनासम्म बेरोजगारी विमा रकम लिन नहुने कतिपय विज्ञहरुको सुझाव छ । पीपीपी ऋण पेचेकका लागि प्रयोग गर्नुपर्ने भएकाले बढी सावधानी अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

स्वरोजगारहरुले ईकोनोमिक इन्जुरी डिजास्टर लोन ईआईडीएलका लागि समेत आवेदन दिनसक्छन् । तर पीपीपी ऋण सहायता पाएको व्यक्तिले ईआईडीएल ऋण समेत पाएमा रकम एउटै प्रयोजनमा प्रयोग नगर्न सुझाव दिइएको छ । यदि ईआईडीएल ऋण आफ्नै पेरोलबाहेक अफिसको भाडा लगायतका अन्य खर्चमा प्रयोग गरेमा व्यक्ति बेरोजगारी सहायता रकमका लागि योग्य भइरहनसक्छ । तर यसबारेमा कानुन व्यवसायी वा एकाउन्टेन्टको सल्लाह लिन सुझाव दिइएको छ ।

फोब्र्समा प्रकाशित लेख अनुशार यदि कोही व्यक्तिले बेरोजगारी सहायता रकम लिइरहेको छ र यही बीचमा पीपीपी रकम प्राप्त भएमा प्राप्त भएको अवधिले रकम नसकिंदासम्म बेरोजगारी सहायता रकम लिनु हुँदैन । तर रकम सकिएपछि भने बेरोजगारी सहायता रकमका लागि पुन योग्य हुन सकिन्छ ।

बेरोजगारी विमा रकमका साथमा पीपीपी वा ईआईडीएल ऋण लिन हुने वा नहुने भन्ने सन्दर्भमा ट्रेजरी, एसबीए वा लेबर डिपार्टमेन्टले कुनै निर्देशिका जारी गरेको छैन । यद्यपी पीपीपीका बारेमा एसबीएले भनेको छ – ‘यदि पीपीपीमा सहभागि हुने व्यक्तिले सावधानी अपनाउन जरुरी छ कि उसले राज्यबाट पाउने बेरोजगारी सहायताको योग्यतामा फरक पर्न सक्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com