न्युयोर्क सिटी सोमबार दोश्रो चरणमा खुल्दै, के के खोल्न अनुमति छ ? (सम्पूर्ण श्रोत)


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

न्युयोर्क सिटी आगामी सोमबारदेखि दोश्रो चरणमा खुल्ने भएको छ । दोश्रो चरणमा केही थप विजनेशहरुलाई खोल्न अनुमति दिइएको छ ।

सोमबारदेखि व्यापारिक भवनहरुका व्यवस्थापन कार्यालय, हेयर शैलुन र कपाल काट्ने पसलहरु, खाना डेलिभरी सेवाहरु, आउटडोर र टेकआउट, अफिसहरु, रियल स्टेट सेवाहरु, खुद्रा स्टोरहरु, गाडी बेच्ने पसलहरु, मर्मत र सरसफाई लगायतका सेवाहरु खोल्न पाइने भएको छ । तर सेवा सुचारु गर्दा निर्देशिकाहरुको पालना गर्न जरुरी छ ।

यदि तपाई आफ्नो विजनेश खोल्न पाइने वा नपाइने भन्ने विषयमा अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लिक गरेर चेक गर्नुहोला ।

विजनेश खोल्दा अपनाउनुपर्ने गाइडलाइन बारेमा जान्न यहाँ क्लिक गर्नुहोला ।

सोमबारदेखि न्युयोर्कका रेष्टुरेण्टहरुले बाहिरपट्टी टेवलमा समेत सेवादिन सक्ने भएका छन् । तर त्यहाँ कुनै छानोविनाको खुल्ला क्षेत्र हुनुपर्नेछ ।

रेष्टुरेण्ट खोल्दा अपनाउनुपर्ने गाइडलाइन बारेमा जान्न यहाँ क्लिक गर्नुहोला ।

खुल्ला क्षेत्रमा टेवलमा सेवा दिने अनुमति छैन भने तपाईले यहाँ क्लिक गरेर त्यस्तो अनुमतिका लागि आवेदन दिन सक्नुहुनेछ । आवेदन प्रकृया तीब्र बनाउन मापदण्डबारे स्वप्रमाणिकरणको सुविधा रहेको छ ।

यदि तपाई एकसयभन्दा कम कामदार भएको विजनेश संचालक हुनुहुन्छ र आफ्ना कामदारका लागि निशुल्क मास्क प्राप्त गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

यदि तपाई अतिरिक्त मास्क वा नन मेडिकल पीपीई किन्न चाहनुहुन्छ भने न्युयोर्क सिटीले उत्पादकहरुको सुची प्रकाशित गरेको छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com