अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हुँदै


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।

भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ ९अप्रिल १६० मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ ९अप्रिल २९० मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङ्गटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ ।

महोत्सवमा नेपाली सङ्गीत, कला संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, वेशभूषा, विविध सांस्कृतिक कार्यक्रम, नेपाली खानाको परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष रहने छन् । यसका साथै नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहने छ ।

चित्रकला प्रदर्शनीमा नेपाली कलाकारहरु किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डङ्गोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्णगोपाल रञ्जितलगायतको सहभागिता रहने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिन्तुना इन्टरनेसनलले सन् २०१३ मा पनि वासिङ्गटन डिसी मै ग्लोबल नेपाल फेस्टको आयोजना गरेको थियो ।

सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्माले राससलाई बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com