फेवाताल किनारामा नववर्ष महोत्सव सुरु


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ ।

प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको बताउँदै उहाँले भन्नुभयो – “मुलुकको विषम परिस्थतिमा पनि महोत्सवले निरन्तरता पाउँदै आएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवका अवसरमा फेवातालमा डुङ्गा दौड, पर्यटक दौड, एकल नृत्य, बाल उद्यान एवम् राष्ट्रिय कलाकारहरुको दोहोरी गीतको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनका कार्यक्रमको आयोजना गरिने सङ्घका महासचिव तथा प्रचारप्रसार समितिका संयोजक गणेश पहारी बताउनुहुन्छ ।

महोत्सवका अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर सङ्घ प्रथम, नेवाः कचाः खलः बैदा द्वितीय र किरात सेवा समाज तृतीय भई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । झाँकी प्रतियोगितामा २६ विभिन्न समूहको सहभागिता रहेको थियो ।

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल हल्लनचोकबाट सुरु भएको आमा समूहको प्रतियोगितामा ‘बङ्गलादी आमा समूह’ प्रथम, ‘खहरे आमा समूह’ द्वितीय र ‘क्षेत्री महिला समूह’ तृतीय भई रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

एक लाखभन्दा बढी स्थानीयवासी र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षासहित मङ्गलबारदेखि सुरु भएको पाँचदिने सो महोत्सवको होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सिर्जना राणाले उद्घाटन गर्नुभएको थियो ।

नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशतको हाराहारीमा रहेको जानकारी उहाँले छिमेकी देश भारत र चीनका पर्यटक भित्र्याउने खालका कार्यक्रम सञ्चालन गर्न व्यवसायी सङ्गठित भएर लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com