महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष राणा


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् ।

महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उहाँ रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुनुहुन्छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सुरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ ९भारी०, राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य र सुरेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी, देवकुमार श्रेष्ठ, सुदर्शन कार्की, सुशीला सापकोटा, पशुपतिबहादुर खड्का, गजेन्द्रकुमार भगत, नरवीर रावत, लोकविक्रम थापा, निर्मलकुमार चौधरी, मनोजकुमार मुन्धडा, दिपेन्द्रकुमार खत्री र भुवनलाल श्रेष्ठ पनि कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कार्यकारिणी समिति सदस्यमा निर्वाचन क्षेत्र प्रदेश नं १ बाट रोहितप्रसाद प्रसार्इं, प्रदेश नं २ बाट गणेशप्रसाद लाठ, प्रदेश नं ३ बाट कमलकुमार श्रेष्ठ, प्रदेश नं ४ बाट निर्माणकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट भीमबहादुर थापा, प्रदेश नं ६ लङ्कमान रोका र प्रदेश नं ७ बाट प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको छ ।

वस्तुगत सङ्घतर्फ २७, एसोसिएटतर्फ २२ र द्विराष्ट्रिय उवासङ्घतर्फ एक स्थानमा अजय मुडभरी निर्वाचित हुनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घमा २०६२ सालमा प्रवेश गर्नुभएका नवनियुक्त अध्यक्ष राणा विसं २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासङ्घमा प्रवेश गर्नुभएको थियो । उहाँले
महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।
पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । साथै उहाँ स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिका निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रवद्र्धक, पद्य क्रियशन प्रालिका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक हुनुहुन्छ ।

सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिनुभएका अध्यक्ष राणा उच्च शिक्षा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।

उहाँ राणा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डका सदस्य एवम् महिला उद्यमी महासङ्घ नेपालका अध्यक्षसमेत हुनुहुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com