डीसीमा वरिष्ठ पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्ध्याल संग अन्तरक्रिया


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

 

 

विजय थापा ,वाशिंगटन

गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्ध्याल संग डीसी क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखियो l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छोटो समयको लागि अमेरिकाको डीसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएका सिग्ध्याल संग नेपाल अमेरिका पत्रकार संघले आगामी मे ६ र ७ तारिखमा हुने साधारण सभा सम्बन्धी जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा सिग्ध्याल लाई निमन्त्रणा गरि बोलाईएको थियो l

उक्त भेटघाट कार्यक्रममा नेजा को साधारण सभा बारेमा नेजाका वर्तमान उपाध्यक्ष गुणराज लुइँटेलले गतिबिधि तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए l उक्त भेटघाट तथा छोटो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा समेत राखेका थिए l उक्त अन्तरक्रिया कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय ,नेजाका संस्थापक अध्यक्ष गिरिस पोख्रेल ,नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा नेजाका उपाध्यक्ष गुणराज लुइँटेल तथा अन्य संचारकर्मी सहित अतिथिहरुको उपस्थिति रहेको थियो l

अतिथि तथा लेखक कृष्णप्रसाद सिग्ध्यालले आफूले प्रकाशित गरेका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ पुस्तकको बारेमा बोल्दै पहिला अंग्रेजीमा पुस्तक निकाल्छु भन्ने सोचेको बताए l तर पछि ८ कक्षा देखि का बिद्यार्थीहरुले समेत नेपाल र अन्तर राष्ट्रिय सम्बन्ध सम्बन्धी सरल संग बुझ्न सकोस भन्ने हेतुले पुस्तक ल्याएको बताए l

पत्रकार सिग्ध्यालका समकालीन पत्रकार पेशामा रहेका योगेश उपाध्यायले लामो समय पछि भेटघाट हुन् पाएकोमा हर्ष व्यक्त गर्दै पुस्तक को बारेमा आफूले अध्ययन नगरेकोले पुस्तक बारेमा बोल्नु भन्दा अमेरिकामा सिग्ध्यालका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ ) उपलब्ध गराउन आग्रह गरे l

सिग्ध्यालले ले भर्खर प्रकाशित गरेको पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ )को बारेमा संक्षिप्त चर्चा गरेका थिए l उनको यो समेत चौथो पुस्तक रहेको जानकारी गराए l यस अघिका उनका बर्दिया :एक चिनारी (२०५१) ,साना कुरा (२०६७ ) र एउटा पत्रकारको कानुनी दैनिकी (२०६८ ) प्रकाशित भएको बताएका थिए l

अर्थ-राजनीति-समाज-प्रविधिलाई (लोकल टु ग्लोबल “रुपमा मन्थन गरि सरल भाषामा प्रस्तुत गर्न निपुण सिग्ध्याल व्यावहारिक अर्थशास्त्रका ज्ञाता पनि हुन् l अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक बिषयमा रिपोर्टिंग /सम्पादन/स्तम्भ लेखन /भ्रमण अनुभव हासिल गरेको बताए l

उनले वातावरण संरक्षण परिषद ,राष्ट्रिय विकास परिषद जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा )मा पनि आबद्ध रहेको इतिहास सुनाए l उनले नेपाल : छिमेक र बिश्व बारेमा चर्चा गर्दै पुस्तक इतिहासको यस्तो कालखण्ड मा लेखिदै छ ,जति खेर शताब्दियौ पछि युरोप र अमेरिका बाट शक्ति पुन :एसिया तर्फ फर्कदै छ भने l

चीन ,भारत ,जापान लगायत अन्य ठुलो क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाका देशहरु र पूर्व सोभियत संघको भूभागका मुलुक को विकास पछि निश्चय पनि एसिया बलियो हुने भनि पुस्तकमा उल्लेख गरेको बताए l उनले चीनले आफ्नो लगानी बिश्व भर व्यापक बनाउदै गरेको समेत बताए l

पुस्तक बाहेक आफुले फिलिपिन्स कि पूर्व राष्ट्रपति कि पत्नी इमाल्दा मार्कोस ,भारतका स्व प्रधान मन्त्रि मोराइजि देशाई ,सम्राटअकिहितो तथा अन्य देशका विशिष्ट व्यक्ति तथा राष्ट्र प्रमुख संग अन्तर्वार्ता लिने अवसर पाएको बताए l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com