देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान अनुसार सबै प्रदेश सरकारले आफ्ना सबै क्षेत्रमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।
यसअघि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइसकेका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् । सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ ।
जसमध्ये प्रदेश १- करिब ४२ अर्ब, प्रदेश २- करिब ३५ अर्ब,प्रदेश ३- ४८ देखि ५० अर्ब,गण्डकी प्रदेश- ३२ अर्ब,प्रदेश ५- करिब ३४ अर्ब, कर्णाली प्रदेश- ३३ अर्ब सुदुर पश्चिम प्रदेश- २९ अर्ब बजेट पेश गरिने भएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।