कामदारभिसा खारेज गर्ने योजनामा अमेरिकी राष्ट्रपति, ग्रिनकार्डमा रोक थप्न आदेशको तयारी


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवान बी लगायतका कामदार भिसा खारेज गर्नेबारे विचार गरिरहेको जनाइएको छ । कोरोना महामारीका कारण अमेरिकामा बेरोजगारी दर उच्च बनेको अवस्थामा ट्रम्पले कामदार भिसा केही समयका लागि खारेज गर्ने योजना बनाएका हुन् ।

वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको रिपोर्ट अनुशार ट्रम्पले प्रस्तावित खारेजी अक्टोबर १ देखि सुरु गर्ने आर्थिकबर्षसम्म लम्बाउने योजना बनाइएको छ । त्यस्तै डेलीले प्रकाशित गरेको रिपोर्ट अनुशार यो प्रतिबन्ध कायम हुन्जेल नयाँ एचवान बी भिसा वाहकहरुलाई अमेरिकामा काम गर्न आउनमा रोक लगाइनेछ ।

एचवान बी कामदार भिसा अमेरिकाको गैर आप्रवासी भिसा हो । यो भिसामार्फत अमेरिकन कम्पनीहरुले हरेक बर्ष विदेशी कामदारहरुलाई अमेरिकामा कामका लागि ल्याउने गर्छन् । यो भिसामा आउने चीनिया र भारतीयको संख्या ठूलो रहेपनि नेपालीहरुले समेत उल्लेख्य संख्यामा यो भिसा प्राप्त गर्दै आएका छन् ।

अमेरिकामा कोरोनाको महामारीका कारण ठूलो संख्यामा एच वान बी भिसामा रहेका चीनिया र भारतीयहरुले काम गुमाइसकेका छन् । उनीहरु नयाँ काम पाउन नसक्दा स्वदेश फर्कने तयारीमा समेत रहेका छन् । ह्वाइट हाउसले भने कामदार भिसामा लगाइन लागेको रोकबारे कुनै अन्तिम निर्णय भइनसकेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एचवान बी भिसाका साथमा छोटो समयका लागि सिजनल कामदारलाई दिइने एच टु बी भिसामा समेत रोक लगाउन सकिने जनाइएको छ । त्यस्तै जे वान भिसामा समेत रोक लगाउनेबारे ट्रम्प प्रशासनले विचार गरिरहेको जनाइएको छ ।

अमेरिकाले मार्चको तेश्रो सातादेखि कोरोनाको महामारीका कारण आप्रवासी भिसा जारी गर्नमा कम गरेकोमा अप्रिलको तेश्रो सातापछि आप्रवासी भिसा जारी गर्नमा पूर्णत रोक लगाएको छ । यो रोक जुन २३ सम्म कायम रहनेछ । आप्रवासी भिसामा लगाइएको रोक थपिने वा नथपिनेबारे राष्ट्रपति ट्रम्पले यसैसाता आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com