देशको झन्डा बोकेर विरोधमा उत्रिने समय हो त यो ?


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

हरेक सरकार जस्तै वर्तमान नेपाल सरकार पनि कमि कमजोरी रहित हैन र छैन । प्रधानमन्त्रीलाइ सोध्यो भने पनि सरकार कमजोरी रहित छ भनेर पक्कै भन्नु हुन्न होला ।

तर यो पनि कोरोनाको संक्रमणको जोखिम मोलेर सडकमा उत्रिएर विरोध गर्नु पर्ने तहको कमजोरी भएको सरकार चाहिं पक्कै हैन यो ।

यसो भन्दै गर्दा सरकारलाइ जे जसरि पनि आलोचना मात्रै गर्नु पर्छ भन्नेहरुको गाली पक्कै खानु पर्ने नै होला । तर पनि भन्नै पर्छ विश्वकै निम्ती चुनौती बन्न पुगेको कोरोना भाइरसको प्रभाव नियन्त्रण गर्न नेपाल सरकारले सकेसम्म जानेसम्म राम्रै गरेको छ ।

हो, स्वाभाविक रुपमा अभूतपूर्व चुनौती सामाना गर्ने सम्वन्धमा सारा दुनियानै अलमल र अन्योलमा भएको बेला नेपालले चाहिं त्रुटी रहित प्रतिरोध प्रणाली र सामनाका उपायहरु अवलम्बन गर्न सक्ने कुरै थिएन । भाइरसको प्रभाव , संक्रमणको शैली र यसका व्यवहारहरु के हुन्छन भन्ने सिक्दै पनि गर्नु पर्ने सांसारिक सत्यताको विचमा नेपालले पनि गर्ने त्यही नै थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुनियाको सवै देशहरु जस्तै नेपालले पनि यस्तो माहामारीको पुर्व आंकलन गरको थिएन, त्यसैले पुर्व तयारी पनि थिएन अनि जव आइलाग्यो तव उसले पनि अरुले जस्तै जे गर्दा आफ्नो नागरिकहरुको जीवन रक्षा हुनसक्छ भन्ने देख्यो त्यही नै गर्दै गएको छ ।

नेपाल जस्तो स्रोत साधनको अभाव रहेको देशले कोरोना भाइरस परिक्षणको सम्वन्धमा जापान जस्तो शक्तीशाली देश भन्दा राम्रो काम गरेको छ भन्ने कुरा त अन्तराष्ट्रिय अध्यनले देखायो ।

अनि यो सत्यतालाइ ध्यान नदिकन कोरोना महामारीको सामनाको सम्वन्धमा सरकारको व्यवहार राम्रो भएन भनेर संक्रमण फैल्याउन मद्दत पुग्ने हिसाबले यो समयमा विरोध प्रदर्शन हुने ठिक छ कि छैन भनेर सोचिनु पर्छ कि पर्दैन ?

हो सरकारका कमि कमजोरी छन् भने त्यसको विरोध हुनुपर्छ तर विरोध केवल विरोधका लागि अनि विरोध वेमौसमी भयो भने त्यसले कसैको हित गर्दैन । तसर्थ ग़ाली खान तयार भएर पनि भन्नै पर्छ कि अहिले सरकारका विरुद्ध गरिएको जुलुसहरु बेमौसमी हुन र त्यसले कुनै पनि हिसाबले देशको भलो गर्ने छैन ।

कतिपयले कोरोना महामारीको यो समयमा यसको रोकथाम र यसको सामना गर्ने कार्यहरु गर्दा आर्थिक भ्रष्टचार भएको दावी गरिरहेको र त्यही दावीलाइ जस्ताका तस्तै पत्याएर अहिलेको प्रदर्शनहरुमा सामेल हुनुपर्छ पनि भनिएको छ ।

भ्रष्टचारीहरुसंग नैतिकता , मानवीयता हुदैन, उनीहरुको निम्ती जे जसरि होस पैसा कमाउनु पर्छ भन्ने चिन्तन वाहेक अरु केहि हुदैन , त्यसैले त्यस्ता पात्रहरुले मृत्यु बेचेर पनि भ्रष्टचार गर्न सक्छन , अहिलेको सरकार वा राजकिय निकायहरूमा भ्रष्टहरू नै छैनन होला भनेर कसैले भन्न सक्ने कुरै भएन तर के जनताको जीवन दाउमा राखेर भ्रष्टचार गर्नेहरुले मुक्ती पाउलान ? किमार्थ पाउदैनन ।

उनीहरु दण्डको भागीदार हुन्छन र हुनुपर्छ तर के केहि व्यक्तीले जनता बचाउने सरकारी चिन्तनलाइ भ्रष्टचार गर्ने बाटो बनाउँछ भने भ्रष्टचारीहरुको भ्रष्टचारको प्रमाण जुटाएर त्यसको भण्डाफोर गर्ने कि यसै सतही कुरा गरेर आफु पनि जोखिममा पार्ने अनि अरुलाइ पनि पार्ने गरेर असामयिक सडक प्रदर्शनमा उत्रिने ?

अनि अर्को महत्वपूर्ण कुरा त के भने अहिले नेपाल इतिहासकै संवेदनशील मोडमा छ , कालापनी . लिम्पियाधुरा लिपुलेक सहितका मिचिएको भूभाग फिर्ता गर्ने विषयमा देश एकतावद्ध भएर अगाडी बढेकोले देशका विरुद्ध षड्यन्त्र बढ्ने सत्यलाइ भुलेर राष्ट्रिय एकता प्रदर्शनको साटो बेमौसमी जुलुसहरु गरेर नेपालको आन्तरिक एकता कम्जोर छ , आन्तरिक रुपमा खेल्ने ठाउँ छ भन्ने सन्देश दिएर के मक्सद पुरा गर्न खोजिएको हो ? यो गम्भीर सवाल हो , यसको जवाफ हरेकले आफ्नो मन संग माग्नु पर्छ ।

पारदर्शिता र जनता प्रतिको जवाफदेहीता हुनुपर्छ भनेर स्वतस्फ्रुत सडकमा आएका युवाहरुको भावनाको सम्मान छ , जनताको जीवन दाउमा राखेर कोहि कसैले भ्रष्टचार गरेको छ भने त्यस्ताहरुलाइ कारवाही हुनुपर्छ भन्ने विषय प्रति पुरा समर्थन छ तर त्यसो भन्दै गर्दा पनि अहिलेको समय सरकारका विरुद्ध जुलुस गर्ने समय हैन भन्ने सत्य भुल्नु हुदैन ।

किन ?

किनभने पहिलो,  यो सामाजिक दुरी कायम गरेर आफु र आफु जस्तै सवैलाइ बचाउनु पर्ने समय हो ।

दोश्रो, अहिले नेपालको आन्तरिक एकता अभूतपूर्व ढंगले मजबुत बनाउनु पर्ने बेला हो , संकटको सामना र देशको स्वाधीनताको रक्षार्थ सदाझैं नेपाली एक छन भन्ने सन्देश दिने बेला हो ।

तसर्थ समयको माग र आवश्यकता बुझेर संयमता अपनाउँ , भ्रष्टचार र अनियमितताको विरोध गरौँ तर त्यसो गर्दा अफवाहलाइ आधार पनि नबनाउँ , अराजक र अनुशासनहिन पनि नबनौं । पछिल्ला दिनहरुमा भैरहेको विरोध प्रदर्शनहरुमा राजनीतिक दल वा संगठनहरुको झण्डा भन्दा नेपालको झन्डा प्रयोग भैरहको छ , यो अत्यन्त राम्रो कुरा हो , देशलाइ केन्द्रमा राखेर अगाडी बढनु राम्रो हो तर यहाँ हेक्का गर्नु पर्ने कुरा के छ भने देशको झण्डा लिएर भैरहेका त्यही प्रदर्शनहरुलाइ भारतीय संचार माध्यमहरुले भारतले मिचेको भुमि फिर्ताको पहलकदमी लिने सरकार विरुद्धको जनविद्रोहको संज्ञा दिरहेका छन । बल्ल ठिक भयो भन्ने शैलीमा समाचार प्रकाशन प्रशारण गरिरहेका छन , यो  सोचनीय विषय हो ।

त्यसो भनेर नेपालको झन्डा बोकेर हिडनेहरुको राष्ट्रवादीतामा शंका गर्नु पर्ने भन्ने छैन र हैन । तर अहिलेको अवस्थामा यो वा त्यो वहानामा नेपालको आन्तरिक एकता कम्जोर पार्ने , अस्थिरता मच्चाउने आफ्नो मक्सद पुरा गराउने खेल जरुर हुन्छ भन्ने हेक्का राखिनु पर्छ भन्न खोजिएको हो ।

अहिलेको अवस्थामा गरिने बेमौसमी विरोधले उपलव्धि कम क्षेति ज्यादा गर्न सक्छ , कोरोना रोकथामको आवाज वुलन्द गर्छु भन्दा सक्रमण झन बढ्ने अनि देशको झण्डा लिएर राष्ट्रभक्ति देखाउँछु भन्दा देशको विरुद्ध षड्यन्त्र गर्नेहरुलाइ फाइदा पुग्ने खतरा हुनसक्छ । सबैलाइ चेतना भया ।

तसर्थ, हरेक नेपालीले एक पटक आफैंले आफैंलाइ सोधौं “ देशको झन्डा बोकेर विरोधमा उत्रिने समय हो त यो ?”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com