सकियो मतदान केन्द्र तोक्ने काम, सप्तरी बाहेक सबै जिल्लामा


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

निर्वाचन आयोगका अनुसार सप्तरी जिल्ला बाहेक सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाईसकेको जनाईएको छ ।
आयोगका प्रवक्ताका अनुसार अब केन्द्रबाट मतदान केन्द्र तोक्न थालिएको छ भने आज मंगलबार महोत्तरीको मतदान केन्द्र तोकेको र अब सप्तरी जिल्लामा मात्र मतदान केन्द्र तोक्न बाँकी रहेको जनाईएको हो ।

सप्तरी जिल्ला भित्रको मतदान केन्द्र पनि चाँडै तोकिने आयोगले जनाएको छ । निर्वाचनका दिन मतदाताले मतदान गर्न तोकिएको स्थानलाई मतदान केन्द्र भनिन्छ ।

आयोगका प्रवक्ताका अनुसार सप्तरी बाहेक सबै जिल्लाको मतदान केन्द्र तोक्ने काम सकियो, सप्तरी जिल्लाको पनि चाँडै तोक्ने जनाईएको हो ।  यससँगै निर्वाचनका लागि आयोगको मुख्य तयारीहरु सकिएको जनाईएको हो ।

देशभरका ६२ जिल्लाको मतपत्र छापाइ सम्पन्न भएको समेत जनाईएको छ। मतपत्र छापाइ जनकशिक्षा सामाग्री केन्द्रले गरिरहेको छ ।
बाँकी जिल्लाको मतपत्र छाप्ने काम केही दिनमै सकिने शर्माले बताएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com