न्युयोर्क र न्युजर्सीमा अमेरिकी नागरिकता वितरण समारोह सुचारु हुने


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

कोरोनाको महामारीका कारण न्युयोर्क र न्युजर्सीमा रोकिएका अमेरिकी नागरिकता वितरण तथा सपथग्रहण समारोहहरु सुचारु हुने भएका छन् । मार्चको दोश्रो सातापछि सपथ लिनका लागि मिति तोकिएका तर लिन नपाएकाहरुलाई प्राथमिकतामा राखिने युएससीआईएसले जनाएको छ ।

अत्यन्तै साना साना समुहमा सामाजिक दुरी कायम गरेर त्यस्तो सपथग्रहण र नागरिकता वितरण समारोहहरु गरिने भएका छन् । न्युजर्सीमा आजदेखि नागरिकता वितरण समारोह सुरु गरिएको छ भने न्युयोर्कमा सोमबारदेखि गरिने भएको छ ।

कोरोनाको लक्षण नभएका, कोरोना संक्रमितको संसर्गमा नआएका र सेल्फ क्वारेन्टाइनमा बस्न नभनिएकाहरुलाई मात्र नागरिकता वितरण समारोहमा सहभागी गराइने युएससीआईएसले जनाएको छ । समारोहमा सहभागी हुन नसक्नेहरुलाई अर्को मिति प्रदान गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्द रहेको अवधिमा पनि युएससीआईएसले आवेदनबारे निर्णय गर्ने, अनलाइन आवेदनहरु स्वीकार गर्ने र व्यक्तिको आवश्यकताका आधारमा अत्यावश्यक सेवाहरु प्रदान गर्ने गर्दै आएको छ । न्युयोर्क र नेवार्कका युएससीआईएस अफिसहरु ग्रिनकार्डका अन्तरवार्ता, नागरिकताका अन्तरवार्ता लगायत अन्य व्यक्ति उपस्थीत हुनुपर्ने सेवाका लागि खुलिसकेका छैनन् । तर ८०० ५७३ ०८६६ मा फोन गरेर अप्वाइन्टमेन्ट लिनेहरुका लागिमात्र इमर्जेन्सी सेवा उपलब्ध हुनेछ ।

यसैबीच न्युयोर्कको एसाइलम अफिसमा सोमबारदेखि एसाइलमका अन्तरवार्ताहरु सुचारु गरिने भएको छ । तर नेवार्कको एसाइलम अफिसमा भने आन्तरिक समस्याका कारण एसाइलमका अन्तरवार्ताहरु तत्काल सुचारु नगरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com