बाढीपहिरो भन्दा चट्याङ खतरनाक, वर्षेनी सय बढीको मृत्यु


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

नेपालमा चट्याङका कारण हरेक वर्ष १०० जनाभन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ। राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको विवरण अनुसार विगत नौ वर्षमा चट्याङ‌कै कारण ९५९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै चट्याङ लागेर हरेक वर्ष ३०० जना घाइते र कैयौँ परिवारहरू प्रभावित हुने गरेको केन्द्रको विवरणमा उल्लेख छ। गत वैशाख महिनामा चट्याङ लागेर १६ जनाको ज्यान गएको छ भने ९४ जना घाइते भएका छन्।

प्रभावित परिवार

विगत नौ वर्षमा कुल १.९११ घरपरिवार चट्याङबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सङ्कलन गरेको तथ्याङ्कमा त्यस अवधिमा २८६ घरमा आंशिक र १३१ घरमा पूर्ण क्षति पुगेको छ। त्यस्तै ८५ वटा गोठमा क्षति पुगेको छ भने चट्याङ्‌का कारण १,२९८ पशु तथा चौपाय प्रभावित भएका छन्। देशभर विगत नौ वर्षमा २,०८८ वटा चट्याङ‌का घटना भएका छन्।

बाढी पहिरोभन्दा ठूलो विपद्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेषगरी वर्षाका बेला चट्याङ धेरै पर्ने गरेकाले सतर्क रहन केन्द्रले आह्वान गर्दै आएको छ। केन्द्रका अनुसार चट्याङ वर्षाका बेला हुने अन्य विपद्‍भन्दा ठूलो हो। केही दिनअघि केन्द्रले चट्याङबाट बच्ने उपायसहित विभिन्न भाषामा सचेतनामूलक सामग्रीहरू प्रचारमा ल्याएको थियो। केन्द्रको एउटा ट्वीटमा भनिएको छ, “मानवीय क्षतिका हिसाबले चट्याङ बाढी, पहिरोभन्दा पनि ठूलो विपद् हो। सावधानी अपनायो भने यसबाट हुने क्षति कम गर्न सकिन्छ।”

कहाँ धेरै पर्छ चट्याङ ?

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बङ्गालको खाडी नजिक रहेका नेपालका भू-भागहरूमा बढी चट्याङ पर्छ। उनी भन्छन्, “त्यो क्षेत्र भनेको झापा-मोरङ तिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ। त्यसपछि चुरे क्षेत्र बढी प्रभावित देखिन्छ।” तर मृत्यु हुनेको सङ्ख्याका हिसाबले चुरे क्षेत्र नै देखिएको छ। उनका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ।तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन्। मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने उनी बताउँछन्। त्यस्तै चट्याङको आवाजले कानको जाली फुट्ने र घाइते हुने पनि गर्छ।

सुरक्षित कसरी बन्ने?

शर्माका अनुसार चट्याङ पर्दा जहाज वा गाडीभित्र रहेका मानिसहरू बच्ने सम्भावना धेरै रहन्छ।त्यस्तै पक्की घरमा बसेका मानिसलाई पनि सुरक्षित नै मानिन्छ।उच्च गतिको विद्युत प्रवाह हुने हाइटेन्सन लाइन तल दुवै गोडा जोडेर बस्दा पनि बच्न सक्ने उनी बताउँछन्। उनी घरलाई चट्याङ प्रतिरोधी बनाउनुपर्ने सुझाव दिन्छन् ।

त्यसका लागि घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नुपर्ने उनले बताए।नेपालमा विशेषगरी दिउँसोको समयमा चट्याङ परेको पाइएकाले दिउँसो ३ बजेपछि खेतबारीमा नजान उनी सुझाव दिन्छन्। प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा सजग रहनुपर्ने शर्माको भनाइ छ। -बीबीसी नेपाली

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com