इटहरीमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति तय


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

पूर्वाञ्चलको इटहरीमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करणको मिति तय गरिएको छ । प्रतियोगिता निर्देशक दिवाकर महर्जनका अनुशार प्रतियोगिता सन् २०१८ को जनवरी १ र २ मा हुने भएको छ ।

गत बर्ष अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को ११ औं संस्करण अमेरिकामा सम्पन्न भएको थियो । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले इटहरीमा पत्रकार सम्मेलन गर्दै स्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपको १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा गर्ने घोषणा गरेका गरेका थिए ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिपमा नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com