दीपलको पहलमा अमेरिकामा रकम उठाइएका कुमारलाई आमाले दिइन् मृगौला


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

अमेरिकामा रकम संकलन गरिएका म्याग्दीका ३३ बर्षका कुमार पुनको मृगौला प्रत्यारोपण गरिएको छ । न्युयोर्क निवासी म्याग्दीका दीपल पुनको पहलमा कुमारको मृगौला प्रत्यारोपणका लागि अमेरिकामा आर्थिक संकलन गरिएको थियो । कुमारलाई उनकी आफ्नै आमाले मृगौला दिएकी हुन् ।

म्याग्दी जिल्ला बिम गा.बि.स.बाईन्दोफाँट ९ का कुमार पुनको दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा भर्ना गरिएको थियो । उनको सहयोगार्थ म्याग्दीको भारबाङ्ग ४ बिमका न्युयोर्क निवासी दीपल पुनले सहयोग संकलन अभियान चलाएका थिए ।

अमेरिका निवासी म्याग्दीका दीपल पुनको पहलमा संचालित १० दिने अभियानका क्रममा ४ लाख ३१ ह्जार ३ सय ५५ रुपैया संकलन भएको थियो । संकलित रकम दीपलका बुबा पूर्ण बहादुर पुन र आमा लालमति पुनमार्फत पीडित कुमार पुनलाई हस्तान्तरण गरिएको थियो ।

संकलित रकम हस्तान्तरण गरिदै । 

म्याग्दीका जन्मिएर काठमाडौंमा हुर्किएका दीपल पुन अफगानिस्तानमा ३० जना तालिवानसँगै एक्लै लडेर बेलायती महारानीबाट ब्रेभरी मेडल प्राप्त गर्ने बेलायती सेनामा कार्यरत दीपप्रसाद पुनका भाई हुन् ।

मृगौला प्रत्यारोपणबारे जानकारी दिदै दीपलले भनेका छन् – ‘उहाकै आमाले कुमार पुनलाई मृगौला दिनुभएको हो । आमाले कुमारलाई जन्माउनुमात्र भएन, माया र शक्तिले मर्नबाट पनि बचाउनु भयो । जुन कुराले मलाई अतिनै भाबुक बनायो । जतिले कुमार पुन दाईको उपचारको लागि सहयोग गर्नुभयो । सबैलाई धन्यवाद ।’

दीपल पुन । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com