नयाँ वर्षदेखि उपत्यका हर्न निषेधित क्षेत्र


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो ।

महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए । यसको सबै तयारी पूरा भइसकेको जनाएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो ।

सामान्य अवस्थामा पनि चालकले हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले निषेधित क्षेत्र बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकार हिमनाथ दवाडीले बताए । ‘उच्च सवारी चाप नियन्त्रण भएन भने उपत्यकामा अझै उच्च ध्वनि प्रदूषण हुन्छ,’ उनले भने, ‘ध्वनि प्रदूषण कम गर्न हर्न निषेधको नियम लागू गर्न लागिएको हो ।’

सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै नयाँ नियम लागू गर्न लागिएको उनको भनाइ छ । ध्वनि प्रदूषणले श्रवणशक्ति कमजोर पार्ने भएकाले स्वास्थ्यलाई मध्यनजर गरेर उपत्यकामा हर्न निषेधको नियम लागू गर्न लागिएको ट्राफिक महाशाखाका डिएसपी सविन प्रधानले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई अवस्थामा मात्र हर्न बजाउन पाइने

पहिलो चरणमा हर्न निषेध नियम कार्यान्वयन खुकुलो बनाइएको छ । नियम लागू भएपछि दुई अवस्थामा मात्र हर्न बजाउन पाइनेछ । घुमाउरो बाटो र दुर्घटना हुने जोखिमको अवस्थामा चालकले हर्न बजाउने पाउने व्यवस्था नियममा छ ।

यसबाहेकको अवस्थामा हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोपटकका लागि पाँच सय, त्यसपछि क्रमशः हजार, १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ ।नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com