दुई उपप्रधानमन्त्रीको वरियता विवाद कायमै, आज बस्ला मन्त्रिपरिषद् बैठक ?


प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाबीच वरियता विवाद नमिल्दा हिजो पनि बस्न नसकेको मन्त्री परिषद्को बैठक आज दिउसो ३ बजे बस्ने बताइएको छ ।

दुई उपप्रधानमन्त्रीको वरियता विवादकै कारण चैत ३ गतेपछि मन्त्रीपरिषद बैठक बस्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले वरियता विवाद मिलाउन नसक्दा बारम्बार मन्त्री परिषद्को बैठक प्रभावित हुँदै आएको छ ।

दुई उपप्रधानमन्त्रीको वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जादासमेत कार्यवाहक नतोकी र भ्रमण अनुमोदन नगरी जानुभएको थियो । उपप्रधानमन्त्री थापाले निधिभन्दा आफू पहिले नै मन्त्री र उपप्रधानमन्त्री बनेकाले दोस्रो वरियता पाउनुपर्ने दावी गर्नै आउनु भएको छ भने निधिले सरकार गठन हुँदा भएको सहमति र ठूलो दलका हिसाबले आफूले दोस्रो वरियता पाउनुपर्ने अडान राख्दै आउनुभएको छ ।

मन्त्रिपरिषद् बैठक बस्न नसक्दा प्रहरी महानिरीक्षक समेत नियुक्त हुन सकेको छैन । जयबहादुर चन्द्रलाई प्रहरी महानिरीक्षक बनाउन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गर्दै नयाँ महानिरिक्षक नियुक्ति गर्न आदेश दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय मन्त्रिपरिषद् बैठक नस्न नसक्दा महत्ववपूर्ण ५२ वटा प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा रोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com